News »
रामेछापमा स्वास्थ्य विमा सुरु

रामेछाप । पोष २६ गते,
रामेछाप जिल्लामा स्वास्थ्य विमा कार्यक्रमको दर्ता सुरु भएको छ । सदरमुका मन्थलीमा नेपाल सरकार स्वास्थ्य विमा वोर्ड टेकु काठमाण्डौले आयोजना गरेको एक कार्यक्रमबाट मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले स्वास्थ्य विमाको सुभारम्भ गरेका हुन् । नगर प्रमुख बस्नेतले सरकारले ल्याएको स्वास्थ्य विमा कार्यक्रम अत्यावश्यक रहेको बताए । उनले यो कार्यक्रम जिल्लाको प्रत्यक नागरिकको घरघरमा लैजानुपर्ने बताए ।
रामेछापका ६४ वडाका नागरिकले मन्थली प्राथमिक स्वास्थ्य केन्द्र मन्थली ,गेलु प्राथमिक स्वास्थ्य केन्द्र गेलु,खिम्ती प्राथमिक स्वास्थ्य केन्द्र खिम्ती , जिल्ला अस्पताल रामेछाप , जिरी अस्पताल जिरी,धुलिखेल अस्पताल धुलीखेलवाट स्वास्थ्य उपचार पाउने स्वास्थ्य विमा वोर्डकी जनस्वास्थ्य प्रशासक मंगला मानन्धरले बताईन् । रामेछाप जिल्लाको ६४ वडामा स्वास्थ्य विमा दर्ता सहयोगी परिचालन गरिएको जिल्ला स्वास्थय कार्यालय रामेछापका जनस्वास्थय निरिक्षक केशवराज फुयालले जानकारी दिए । हालसम्म देशभर ८५ हजार ७ सय परिवारका ४ लाख ५ सय मानिसले स्वास्थ्य विमा गरेका छन् । जसवाट १९ करोड रकम संकलन भएको छ भने १ लाख ७६ हजार १ सय १६ जनाले उपचार सेवा लिएको स्वास्थ्य विमा बोर्डसंग तथ्याङक छ ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » मार्ग दर्शन (नेपाली महिमको मार्ग)
5.00PM - 5.30PM
केहि क्षणमा » न्यू होप
5.30PM - 6.00PM
कार्यक्रम तालिका
  • भजन तथा धार्मीक प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • राष्ट्रिय गित7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • गोजी गोजीमा फोजी (सस्करण)8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • पप गित10.15AM - 11.00AM
  • द फिल्मी वज11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • लोक गित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • खाली समय4.10PM - 4.30PM
  • मार्ग दर्शन (नेपाली महिमको मार्ग)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • रेडियो म्यागेजिन ‘जीविका’7.30PM - 7.45PM
  • विश्व सेरोफेरो7.45PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • पुस्ताको आवाज9.15PM - 10.00PM
अन्य मुख्य समाचार