News »
पर्याप्त भवन नहँुदा मन्थली ८ गाईखुरामा रहेको नर्वदेश्वर आधारभूत विद्यालयको पठनपाठनमा समस्या

रामेछाप । पौष २८ गते,
रामेछाप जिल्लाको मन्थली नगरकपालिका वडा नम्बर ८ गाईखुरामा रहेको श्री नर्वदेश्वर आधारभूत विद्यालयमा पर्याप्त कक्षा कोठा नहुँदा पठनपाठनमा समस्या भएको छ । पारस्परिक जवाफदेहिता परियोजनाले शिक्षा क्षेत्रको पैरवीका लागि गरेको छलफल कार्यक्रममा विद्यालयका अभिभावक,शिक्षकहरुले विद्यालयलाई वास्ता नगरेको गुनासो गरेका हुन् । विद्यालयका प्रधानाध्यापक देवीलाल पुरीले भूकम्पले विद्यालयका सबै भवन भत्कीएका भएपनि पुननिर्माण हुन नसकेको बताए । उनले अन्य विद्यालयहरुमा पक्की भवन निर्माण भैसक्दा पनि आफ्नो विद्यालयमा पक्कि भवन निर्माण हुन नसकेको बताए ।
विद्यालयमा हाल एउटा २ कोठे अस्थाई सिकाई केन्द्र र २ कोठ विद्यालय भवन मर्मत गरि पठनपाठन सञ्चालन गरिएको उनले बताए ।  विद्यालयमा भवन नहँुदा अफिस कोठा, स्टोर कोठा र छलफल कोठाको अभाव भएको उनको भनाई छ । भवन अभावकै कारण विद्यार्थीहरुलाई एउटै कोठामा राखेर पढानु परेको उनको भनाई छ । नर्सरी देखी कक्षा ३ सम्मपढाई हुने विद्यालयमा ४५ जना भन्दाबढी विद्यार्थी छन् ।

विद्यालय व्यवस्थापन समितिका सदस्य विनोद कुमार श्रेष्ठले विद्यालयलाई तत्काल ४ कोठे पक्की भवनको आवश्यकता रहेको बताए । उनले भवन आवश्यकता बारेमा जिल्ला शिक्षा कार्यालयलाई जानकारी गराउदा २ कोठे भवन दिने आश्वासन दिएको बताए । उनले सम्बन्धीत निकायले विद्यालयको भौतिक संरचना र शैक्षिक गुणस्तर बढाउने कुरामा वास्ता नगर्दा बताए ।  विद्यालय वयवस्थापन समितिका अर्का सदस्य झिल्के माझीले जिल्लाका अधिकांस विद्यालयहरुमा विद्यालय भवन निर्माण भैरहँदा आफुहरुको विद्यालयमा कुनै प्रक्रिया सुरु हुन नसकेको बताए । कार्यक्रममा पारस्परिक जवाफदेहिता परियोजनाका नवराज पथिकले समुदायबाट आएको समस्यालाई सम्बन्धीत ठाउँमा पुर्याउने बताए ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » बदलिदो नेपाल (उज्यालो)
8.20AM - 9.00AM
केहि क्षणमा » उज्यालो समाचर
9.00AM - 9.15AM
कार्यक्रम तालिका
  • धार्मीक प्रवचन5.00AM - 5.30AM
  • प्रभातकालीन खबर5.30AM - 5.55AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • राष्ट्रिय गीतहरु7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल (उज्यालो)8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • पप गित10.15AM - 11.00AM
  • द फिल्मी वज11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • लोक गित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • खाली समय4.10PM - 4.30PM
  • मार्ग दर्शन (नेपाली महिमको मार्ग)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • सहकारी सन्देश6.15PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • बाँचे संसार देखिन्छ (टिपिओ नेपाल)7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • बुलबुल9.15PM - 10.00PM
अन्य मुख्य समाचार