News »
रामेछापको मन्थलीमा बक्तृत्वकला प्रतियोगिता

रामेछाप । पौष २८ गते,
सामुदायीक सेवा केन्द्र मन्थलीको आयोजनामा माध्यामिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता शुक्रबार मन्थलीमा सम्पन्न भएको छ । सामुदायीक सेवा  केन्द्र मन्थलीका अध्यक्ष विरेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा मन्थलीका ५ वटा विद्यालयका ७ जना विद्यार्थीले भाग लिएका थिए ।
प्रतियोगितामा मन्थली माविकी छात्रा सुप्रभा सुवेदी, कर्कलादेवी इङ्लिस बोर्डिङ स्कुलका छात्र कौशल कार्की र लिटल स्टार इङलिस स्कुलकी छात्रा अस्मि थापा क्रमश प्रथम, द्वितिय र तृतिय भएका थिए । लागु औषधको प्रयोगकले व्यक्ति, समाज तथ समुदाय र वातावरणमा पार्ने प्रभाव र त्यसबाट बच्ने उपायको बारेमा प्रतियोगिता आयोजना गरिएको थियो ।
प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई क्रमश नगद १ हजार ५ सय, १ हजार र ५ सय नगद पुरस्कार तथा सहभागि सबै विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । विजयी विद्यार्थीहरुलाई मन्थली माविका प्रअ टंकप्रसद दाहालले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगिता सञ्चालनको लागि मन्थली बचत तथा ऋण सहकारी संस्था मन्थलीले सहयोग गरेको सामुदायीक सेवा केन्द्रका कोषाध्यक्ष सुरेश उदासले जानकारी दिए ।
यसै बिच रामेछापको खाँडादेवी गाउँपालिका अन्तर्गत गागल भदौरे स्थित भारती मावि मेगर्पाको आयोजनामा आधारभूत विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । ५ वटा विद्यालयहरुको सहभागिता रहेको सो प्रतियोगितामा आयोजक भारती मावि प्रथम, मनकामना प्रवि धुले द्वितिय, चिरङखु प्रावि तृतिय र मानेडाँडा माविले सान्तोना स्थान हाँसिल गरेका छन् । विजेता विद्यार्थीहरुले क्रमश ः एक हजार, ८ सय, ५ सय र शैक्षिक सामाग्रि पुरस्कार प्राप्त गरेका विद्यालय प्रअ रामबहादुर श्रेष्ठले जानकारी दिए । विजेतालाई जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले पुरस्कार वितरण गरेका थिए ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » आधुनिक गित
3.15PM - 3.55PM
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • धार्मीक प्रवचन5.00AM - 5.30AM
  • प्रभातकालीन खबर5.30AM - 5.55AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • राष्ट्रिय गीतहरु7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • साझा चौतारी पून प्रशारण8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • पप गित10.15AM - 11.00AM
  • द फिल्मी वज11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • लोक गित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • साथीसँग मनका कुरा4.15PM - 5.00PM
  • मार्ग दर्शन (नेपाली महिमको मार्ग)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • पुराना सदाबहार लोक गितहरु6.15PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • कार्यक्रम शैक्षिक संवाद7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 10.00PM
अन्य मुख्य समाचार