News »
२० औँ राष्ट्रिय भूकम्प दिवस रामेछापमा पनि मनाइयो

रामेछाप । माघ २ गते,
मंगलबार २० औँ राष्ट्रिय भूकम्प दिवस रामेछापमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । सहरी विकास डिभिजन कार्यालय रामेछाप तथा विभिन्न संघ संस्थाको आयोजनामा सदरमुकाम मन्थली लगाएतका स्थानमा भूकम्प दिवस मनाइएको हो । सवल समुदाय र स्थानीय सरकार, भूकम्पीय सुरक्षाको बलियो आधार’ भन्ने नाराका साथ  जिल्लाको विभिन्न ठाउँमा भूकम्प दिवस मनाइएको छ ।  ।
दिवसका अवसरमा मंगलबार विहान मन्थलीको देवकोटा चोकबाट सुरुभएको ¥याली मन्थली बजार परिक्रमा गरि जिल्ला समन्वय समितिमा गएर कोण सभामा परिणत भएको थियो । जिल्ला दैविक प्रकोप उद्धार समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी दीलिप प्रसाद लामीछानेको अध्यक्षतामा भएको कोणसभा मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख बस्नेतले सुरक्षित भवन निर्माणले नै भुकम्प लगाएतका प्राकृतिक विपत्तिबाट बच्न सकिने बताए । उनले भुकम्प पछिको पुन निर्माणले रामेछापमा गति लिएको भन्दै अझै यसलाई निरन्तरता दिने बताए  । कोणसभामा विभिन्न राजनितिक दलका प्रमुख एवं प्रतिनिधि , सरकारी तथा गैर सरकारी कार्यालयका प्रतिनिधि, शिक्षक, विद्यार्थी, नागरिक समाज लगाएतको सहभागिता थियो ।
यसैबीच सामुदायिक विकास समाज मन्थलीले लिखु गाउँपालिका तथा विभिन्न मेडियर लगायतका विभिन्न संघसंस्थासँगको समन्ययमा रामेछाप जिल्लाको लिखु गाउँपलिकामा पनि भूकम्प दिवस मनाएको छ । लिखु गाउँपालिकाको धोबिबाट सुरुभएको ¥यालि नागी पुगेर सभामा परिणत भएको थियो ।  लिखु गाउँपालिका वडा नं ४ का वडाअध्यक्ष लिलाबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रम गाउँपालिकाका प्रमुख गोविन्द्र खड्काको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष दीपशिखा दाहाल, ३ नं वडाका वडाअध्यक्ष एमबहादुर महत, गैरसरकारी संस्था महासंघ रामेछापका अध्यक्ष एवं सामुदायीक विकास समाज मन्थलीका कार्यकारी निर्देशक मिलन कुमार घिसिङ लगतायका वक्ताहरुले बोलेका थिए । 
कार्यक्रमका बक्ताहरुले भूकम्पले पुर्याएको क्षति र त्यसबाट जोगिने उपायको बारेमा बोलेको थिए । वक्ताहरुले अब पनि सुरक्षित घर नबनाए फेरिपिनि पछुताउनु पर्ने बताए । बक्ताहरुले छिटोभन्दा छिटो सुरक्षित घर निर्माण गर्न स्थानीयलाई आग्रह गरे । सो कार्यक्रममा विभिन्न प्रतियोगितामा बिजयी भएका विद्यालय र विद्यार्थीहरुलाई पुरस्कार ,प्रमाणपत्र तथा सिल्ड समेत प्रदान गरिएको थियो । रामेछापको बिजुलीकोटमा सामुदायीक विकास समाजले मेडियरसंगको सहकार्यमा निजी आवास निर्माणको काम गरी रहेको छ ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » तीनलाल खबर
7.00PM - 7.30PM
केहि क्षणमा » बाँचे संसार देखिन्छ (टिपिओ नेपाल)
7.30PM - 8.00PM
कार्यक्रम तालिका
  • धार्मीक प्रवचन5.00AM - 5.30AM
  • प्रभातकालीन खबर5.30AM - 5.55AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • राष्ट्रिय गीतहरु7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल (उज्यालो)8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • पप गित10.15AM - 11.00AM
  • द फिल्मी वज11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • लोक गित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • खाली समय4.10PM - 4.30PM
  • मार्ग दर्शन (नेपाली महिमको मार्ग)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • सहकारी सन्देश6.15PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • बाँचे संसार देखिन्छ (टिपिओ नेपाल)7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • बुलबुल9.15PM - 10.00PM
अन्य मुख्य समाचार