News »
सरकारले व्यवसाय सञ्चालनको लागि दिएको अनुदान रकम दुरुपयोग भएको युवापरिषदका कार्यकारी उपाध्यक्ष ढुँगेलको भनाई

रामेछाप । माघ २७ गते,
राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले युवालाई अनुदानमा रकम दिने व्यवस्थालाई हटाउनुपर्ने बताएका छन् । व्यवसायको अनुगमन र मुल्याङकनै नगरी व्यवसाय संचालनका लागि भन्दै सरकारले अनुदानमा रकम दिँदा दुरुपयोग भएको उनको भनाई छ ।
शनिबार जिल्ला युवा समितिको कार्यालय रामेछापले सदरमुकाम मन्थलीमा आयोजना गरेको पत्रकार भेटघात तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्यकारी उपाध्यक्ष ढुंगेलले यस्तो बताएका हुन् । उनले युवाहरुलाई उद्यमशिलता बनाउनका लागि सरकारले अनुदान नभै विना व्याजमा ऋणको व्यवस्था गर्नुपर्ने बताए ।
उनले राष्ट्रिय युवा परिषदले ७७ वटै जिल्लामा एक वडामा एक युवा क्लव र एक उद्यमोग संचालन गर्ने अवधारण ल्याएको बताए ।  यतिमात्रै नभएर एक विद्यालय एक उद्योग संचालन गर्ने राष्ट्रिय युवा परिषदको योजना रहेको उपन उनले बताए । यी दुवै योजना केहि समयमै कार्यान्वयनमा आउने उनको भनाई छ  । जिल्ला युवा समिति रामेछापका अध्यक्ष प्रकााश कुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा आर्थिक बर्ष २०७३÷७४ कार्यक्रम र प्रगतिबारे जानकारी गराइएको थियो ।
पत्रकार भेटघाटमा दिएको जानकारी अनुसार जिल्ला युवा समिति रामेछापले आप्mनो काममा ९२.७८ प्रतिशत प्रगति गरेको छ ।  आर्थिक बर्ष २०७३÷७४ मा कुल ३१ लाख ९६ हजार २ सय बजेट आएकोमा विभिन्न शिर्षकमा कार्यक्रम गरी २९ लाख ६५ हजार ६ सय ५५ खर्च गरेको कार्यक्रममा जानकारी दिइयो । जिल्ला युवासमितिले चालु आर्थिक बर्षमा युवा दिवस तथा महोत्सव, युवा प्रतिभा तथा उद्यमीको खोजी र उनीहरुको कार्यलाई प्रोत्साहन , युवा उद्यम लगाएतका कार्यक्रमहरु संचालन भैरहेको समितिका अध्यक्ष प्रकाश कुमार कार्कीले जानकारी दिए ।

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » बुलबुल
9.15PM - 10.00PM
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • धार्मीक प्रवचन5.00AM - 5.30AM
  • प्रभातकालीन खबर5.30AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • राष्ट्रिय गितहरु6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • जिवनको मार्ग7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • दविएका आवाजको पुनः प्रशारण8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.10AM
  • लोक मञ्जरी9.10AM - 10.00AM
  • गितको (प्रोमो)10.00AM - 10.15AM
  • द फिल्मी वज10.15AM - 11.00AM
  • कार्यक्रम हाम्रो भाका11.00AM - 12.00PM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • पप/ रिमिक्स गित1.15PM - 2.00PM
  • सुगम संगित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • नेपाली फिल्मको गितहरु3.15PM - 4.00PM
  • तीनलाल खबर4.00PM - 4.15PM
  • खालि समय (गाउ खाने कथा)4.15PM - 5.00PM
  • मुक्तिको मार्ग5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.20PM
  • सहकारी सन्देश6.20PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • SMS संग लोक गित8.30PM - 9.00PM
  • गितको (प्रोमो)9.00PM - 9.15PM
  • बुलबुल9.15PM - 10.00PM
अन्य मुख्य समाचार