News »
न्युनतम पारिश्रमिकका सवालमा सम्बन्धित निकायले काम गर्न नसकेको रामेछापका पत्रकारहरुको गुनासो

रामेछाप । माघ २८ गते,
रामेछापका पत्रकारहरुले पत्रकारहरुको न्युनभम पारिश्रामिक कार्यान्वयनमा सरोकारवाला निकायले काम गर्न नसकेको गुनासो गरेका छन् । सदरमुकाम मन्थलीमा न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा गरेको  श्रमजीवी पत्रकार सम्बन्धि ऐन कार्यान्वयनको अवस्था बिषयक अन्तरक्रिया कार्यक्रमका सहभागि पत्रकारहरुले यस्तो आरोप लगाएका हुन् ।
कार्यक्रममा सहभागि अधिकांस पत्रकाहरुले न्युनतम पारिश्रमिक निर्धारण समिति र अन्य सम्बन्धित निकायले केहि काम नगरेको आरोप लगाए । नेपाल पत्रकार महासंघ रामेछापको संयोजन र न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर तुलाधारको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काले पत्रकारहरुले न्युनतम पारिश्रमिक नपाउनु दुखद भएको बताए । उनले न्युनतम पारिश्रमिक निर्धारण समितिले निर्धारण गरेको पत्रकारहरुको पारिश्रमीक कार्यान्वयनमा ल्याउन मिडियाहरुलाई आग्रह गरे । यसको लागि स्थानीय तहले सघाउने उनले बताए ।
कार्यक्रममा सूचना विभागका महानिर्देशक बीर बहादुर राइले सूचना विभागले न्युनतम पारिश्रामिक निर्धारण समितिले निर्धारण गरे अनुसार  सेवा दिएको काजगात लिएर आउने पत्रकारहरुलाई मात्र प्रेस पास दिएको बताए । यदि सूचना विभागमा पेस भएका कागजात फेक भए यसको जीम्वेवारी सूचना विभाग नहुने उनको भनाई छ । पत्रकारहरुको न्युनतम पारिश्रमिकबारे बनेका कानुनहरुको कार्यान्वयनको पाटोमा समस्या रहेको उनको भनाई छ । न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर तुलाधारले पत्रकाहरुले क्षमताको विकास गर्न नसक्दा न्युनतम पारिश्रमिकको कुरा कार्यान्वयनमा कठिनाई रहेको बताए । उनले राम्रा र क्षमतावान पत्रकारहरुलाई मिडियाले राम्रो तलव दिइरहेकाले आफ्नो क्षमताको विकास गर्ने पत्रकारहरुलाई आग्रह गरे । न्युनतम पारिश्रमिक निर्धारण सम्बन्धि ऐन र कानुन् कार्यान्वयमा समस्या देखिएकाले त्यसको समाधान तिर समिति अगाडि बढेको उनको भनाई छ ।
नेपाल पत्रकार महासंघका केन्द्रिय कोषाध्यक्ष राजेश मिश्रले बजारले धान्न सक्ने गरी मिडियाहरु खोलिदा समस्या भएको बताए । बजारको माग भन्दा धेरै खोलिएका मिडियाहरुलाई व्यवस्थित गर्न सके पत्रकारहरुको न्युनतम पारिश्रमिकको समस्या समाधान हुने उनले बताए । कार्यक्रममा बोल्दै मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत आत्मराम सत्यालले सरकारी कार्यालयहरुले सूचना प्रकाशन र प्रसारण गर्दा स्थानीय मिडियालाइनै प्राथमिकता दिएको बताए । अहिले प्रतिस्पर्धाको जमाना रहेकाले मिडियाहरुले पनि आफुलाई सुधार गर्नुपर्ने बताए ।
कार्यक्रममा पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल , पुर्व अध्यक्षहरु नवराज पथिक , हिमाल ढुंगेल र वद्री नयाघरेले रामेछापमा भन्दा बढि केन्द्रमा पत्रकारको न्युनतम पारिश्रमिकमा समस्या रहेको बताए । उनीहरुले न्यनतम पारिश्रमिकका सवालमा बनेका सम्बन्धित निकायले प्रभावकारी काम गर्न नसकेको बताए ।

 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • धार्मीक प्रवचन5.00AM - 5.30AM
  • प्रभातकालीन खबर5.30AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • राष्ट्रिय गितहरु6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • जिवनको मार्ग7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • दविएका आवाजको पुनः प्रशारण8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.10AM
  • लोक मञ्जरी9.10AM - 10.00AM
  • गितको (प्रोमो)10.00AM - 10.15AM
  • द फिल्मी वज10.15AM - 11.00AM
  • कार्यक्रम हाम्रो भाका11.00AM - 12.00PM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • पप/ रिमिक्स गित1.15PM - 2.00PM
  • सुगम संगित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • नेपाली फिल्मको गितहरु3.15PM - 4.00PM
  • तीनलाल खबर4.00PM - 4.15PM
  • खालि समय (गाउ खाने कथा)4.15PM - 5.00PM
  • मुक्तिको मार्ग5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.20PM
  • सहकारी सन्देश6.20PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • SMS संग लोक गित8.30PM - 9.00PM
  • गितको (प्रोमो)9.00PM - 9.15PM
  • बुलबुल9.15PM - 10.00PM
अन्य मुख्य समाचार