News »
रामेछापका ३० हजार बढि यूवा रोजगारीका लागि देश वाहिर

रामेछाप । माघ २९ गते,
रामेछाप जिल्लामा सुरक्षित आप्रवासनका सवालमा काम गरिरहेका दुइवटा गैर सरकारी संस्थाले आफ्नो कामका बारेमा पत्रकार हरुलाई जानकारी दिएको छ । सोमबार सदरमुकाम मन्थलीमा एक कार्यक्रमको आयोजना गरी सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटार र चारघरे सेवा समिति रामेछापले जिल्लामा संचालन गरेको सुरक्षित आप्रवासन ( सामी ) परियोजना अन्तरगत गरिएको कामका बारेमा जानकारी गराएको हो ।
कार्यक्रममा सुरक्षित आप्रवासन ( सामि) परियोजनाका जिल्ला संयोजक भोजराज सुुवारले परियोजनाले आर्थिक बर्ष २०६७÷६८ देखी चालु आर्थिक बर्षको हालसम्म संचालन गरेको कार्यक्रमका बारेमा जानकारी गराए । उनले रामेछाप जिल्लामा अघिल्ला अर्थिक बर्षमा भन्दा क्रमस बैदेशिक रोजगारीमा जानेको संङख्या घट्दो क्रममा रहेको बताए । बैदेशिक रोजगारीमा जानेको सङख्या घट्नु राम्रो भएपनि वैदेशिक रोजारीमा जानेलाई सिप , तालिम र परामर्शको भने आवश्यकता रहेको उनको भनाई छ ।
उनले रामेछाप जिल्लावाट मलेसिया , साउदी अरव , कतार , ओमन, दुवाई जस्ता खाडी मुलुकमा रोजगारीमा जाने गरेको बताए ।  आर्थिक बर्ष २०६७÷६८ देखी चालु आर्थिक बर्षको कार्तिक सम्ममा रामेछापका ३० हजार १ सय ६७ जना युवा युवती ती मुलुकमा रोजगारीका लागि गएको उनको भनाई छ । सुरक्षित आप्रवासन ( सामि) परियोजना रामेछापका कार्यक्रम संयोजक दिपक केसीले परियोजनाले हाल सम्म १ सय ६४ जनालाई निशुल्क सिप तालिम दिएको जानकारी दिए । त्यसैगरी २ सय ७८ जनालाई मनोसामाजिक परामर्श तालिम र ३ सय २ जना वैदेशिक रोजगारका पिडीतहरुलाई उद्धार , राहात र न्याँयका लागि सहयोग गरेको उनको भनाई छ ।
समुदायिक विकास कार्यक्रम गोल्माटारका कार्यक्रम संयोजक सागर विक्रम बस्नेतले परियोनाले संचालन गरिरहेको कार्यक्रमको बिवरण प्रस्तुत गरेका थिए । आगामी दिनमा सञ्चार क्षेत्रलाई लक्षित गरि थप कार्यक्रमहरु संचालन गर्न सार्वजनिक सञ्चार माध्ययमहरुसंग सहकार्य गर्ने उनको भनाई छ । आर्थिक बर्ष ०७४÷७५ को प्रथम चौमासिक सम्म नेपालवाट बिदेश जानेको संङख्या ४८ लाख ८३ हजार ३ सय ८८ जना रहेको छ । विभिन्न घटनामा परि बार्षिक ५ हजार ९ सय ३५ जनाले बिदेशमा ज्यान गुमाउने गरेका छन् । श्रम तथा रोजगार विभागको तथ्याङक अनुसार वैदेशि रोजकागारीमा धनुषा, झापा , सिराहा , सर्लाही , नुवाकोट , रामेछाप , धादिङ र सिन्धुली जिल्लाबाट धेरै जाने गरेका छन् । कार्यक्रममा रामेछाप र दोलखाका पत्रकारहरुको सहभागिता रहेको थियो ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • धार्मीक प्रवचन5.00AM - 5.30AM
  • प्रभातकालीन खबर5.30AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • राष्ट्रिय गितहरु6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • जिवनको मार्ग7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • दविएका आवाजको पुनः प्रशारण8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.10AM
  • लोक मञ्जरी9.10AM - 10.00AM
  • गितको (प्रोमो)10.00AM - 10.15AM
  • द फिल्मी वज10.15AM - 11.00AM
  • कार्यक्रम हाम्रो भाका11.00AM - 12.00PM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • पप/ रिमिक्स गित1.15PM - 2.00PM
  • सुगम संगित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • नेपाली फिल्मको गितहरु3.15PM - 4.00PM
  • तीनलाल खबर4.00PM - 4.15PM
  • खालि समय (गाउ खाने कथा)4.15PM - 5.00PM
  • मुक्तिको मार्ग5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.20PM
  • सहकारी सन्देश6.20PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • SMS संग लोक गित8.30PM - 9.00PM
  • गितको (प्रोमो)9.00PM - 9.15PM
  • बुलबुल9.15PM - 10.00PM
अन्य मुख्य समाचार