News »
रामेछापको ओख्रेनी खुला दिसामुक्त घोषणा

रामेछाप । फागुण १ गते,
रामेछापको रामेछाप नगरपा
लिका वडा नम्बर ६ ओख्रेनी गाउँ मंगलबारबाट खुला दिसामुक्त घोषणा भएको छ । गाउँका ८ सय ४२ घरमा पक्कि शौचालय बनेसँगै ओख्रेनीको च्यास्कुमा एक कार्यक्रमको आयोजना गरी उक्त गाउँलाई खुला दिसामुक्त घोषणा गरिएको हो । जिल्ला खानेपानि तथा सरसफाई कार्यालय मन्थली र सवल परियोजनाको सहयोगमा शौचालय निर्माण गरिएको थियो  । शौचालय बनाउने अभियानको सहजिकरण सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटारले गरेको थियो ।
वडा अध्यक्ष धन बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्का , रामेछाप नगरपालिकाका प्रमुख नरबहादुर थापा मगर , उपप्रमुख सिर्जना खड्का , जिल्ला खानेपानि महासंघका लेख बहादुर कार्की , सबल परियोजनाका संयोजक दिल बहादुर नेपाली , पाहाडी समाज कल्याण केन्द्र दोरम्बाका अध्यक्ष रत्न प्रसाद कडेँल र खानेपानि सरसफाई कार्यालयका प्रतिनिधि बखत बहादुर थापाले बोलेका थिए  ।
सो कार्यक्रममा राजनितिक दलका प्रतिनिधिको तर्फबाट नेकपा एमाले नगरकमिटिका सचिव रोशन पाख्रीन, नेपाली कांग्रेसका जिल्ला सदस्य लाल बहादुर तामाङ  र माओवादी केन्द्रका नगर संयोजक मोतीलाल तामाङले ओख्रेनीका नागरिकले घरघरमा शौचालय बनाएर गाउँलाई पूर्ण सरसफाई युक्त गाउँ बनाउन ठुलो सहयोग व्यक्त गरेको धारणा राखे । उनीहरुले खानेपानि , सरसफाई , कृषि जस्ता क्षेत्रमा लगानी बढाउन संघ संस्थाहरुलाई आग्रह गरे । सो कार्यक्रममा स्थानिय विद्यार्थीहरुले साङ्गितिक प्रस्तुति प्रस्तुत गरेका थिए भने स्थानिय मगर समुदायले मगरनाच देखाएका थिए ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • भजन तथा धार्मीक प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • राष्ट्रिय गित7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल ( उज्यालो नेटवर्क )8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • कार्यक्रम मिलिजुली10.00AM - 10.15AM
  • पप गित10.15AM - 11.00AM
  • द फ्ल्मिी वज ( नवराज श्रेष्ठ)11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • लोक गित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • खाली समय4.10PM - 4.30PM
  • बाल गित5.00PM - 5.15PM
  • मार्ग दर्शन (नेपाली महिमको मार्ग)5.15PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • तामाङ गितहरु6.15PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • म पनि गाउँछु7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • श्रृती संवेग9.15PM - 10.00PM
अन्य मुख्य समाचार