News »
महाशिवरात्रीका अवसरमा रामेछाप जिल्लाभर रहेका शिवमन्दिरमा दर्शनार्थीको घुइचो

रामेछाप । फागुण १ गते,
देशभर जस्तै रामेछापमा पनि महाशिवरात्रि पर्व धुमधामका साथ मनाइएको छ । जिल्लाका विभिन्न स्थानमा रहेका शिवमन्दिरहरुमा मंगलबार विहानैदेखी पुजाराधाना गर्ने भक्तजनहरुको भिड लागेको थियो । जिल्लाको चर्चित मन्थली नगरपालिका वडा नम्बर ९ पुरानागाउँमा रहेको थानापति बैरा महादेव मन्दिरमा ठुलो मात्रमा दर्शनार्थीले पुजाराधाना गरेका छन् ।
थानापति मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजकुमार बोहोराका अनुसार मन्दिरमा १० हजार भन्दा बढि दर्शनार्थीले पुजाराधाना गरेका छन् । अध्यक्ष बोहोराले मन्दिरमा काठमाण्डौ , महोत्तरी, सर्लाही , काभ्रे , दोलखा , सिन्धुली , ओखलढुंगा लगाएतका जिल्लाहरुबाट पुजाराधाना गर्नका लागि दर्शनार्थीहरु आएका छन् ।
थानापति मन्दिरमा महाशिवरात्रीको अवसरमा लगाइएको महाशिवपुरानमा मंगलबारमात्रै १ लाख ५० हजार भन्दा बढि सहयोग रकम संकलन भएको छ । महाशिवपुरानबाट संकलित रकमले मन्दिरको भौतिक संरचना निर्माण गर्ने थानापति मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बोहोराले जानकारी दिए । यसैगरी जिल्लाको त्रिवेणि , निलकण्ठेश्वर महादेव मन्दिर लगाएतका शिव मन्दिरमा पनि भक्तजनहरुले विशेष पुजा अर्चना गरेका छन् ।
यसैगरी सदरमुकाम मन्थलीमा रहेका शिवमन्दिरहरुमा पनि विहानैदेखी पुजाआजा गर्नेको भिड लागेको थियो । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा  लिइन्छ । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसेम सर्व्सिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । शिवरात्रिको दिन  महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगामा प्रसाद बनाई ग्रहण गरिन्छ ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • धार्मीक प्रवचन5.00AM - 5.30AM
  • प्रभातकालीन खबर5.30AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • राष्ट्रिय गितहरु6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • जिवनको मार्ग7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • दविएका आवाजको पुनः प्रशारण8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.10AM
  • लोक मञ्जरी9.10AM - 10.00AM
  • गितको (प्रोमो)10.00AM - 10.15AM
  • द फिल्मी वज10.15AM - 11.00AM
  • कार्यक्रम हाम्रो भाका11.00AM - 12.00PM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • पप/ रिमिक्स गित1.15PM - 2.00PM
  • सुगम संगित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • नेपाली फिल्मको गितहरु3.15PM - 4.00PM
  • तीनलाल खबर4.00PM - 4.15PM
  • खालि समय (गाउ खाने कथा)4.15PM - 5.00PM
  • मुक्तिको मार्ग5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.20PM
  • सहकारी सन्देश6.20PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • SMS संग लोक गित8.30PM - 9.00PM
  • गितको (प्रोमो)9.00PM - 9.15PM
  • बुलबुल9.15PM - 10.00PM
अन्य मुख्य समाचार