News »
रामेछापमा १०८ औँ अन्तराष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

रामेछाप । फागुन २४ गते,
रामेछापमा १०८ औँ अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा आयोजित ¥याली सदरमुकाम मन्थली बजार परिक्रमा गरी जिल्ला समन्वय समितिमा पुगेर सभामा परिणत भएको  थियो । मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि खड्काले महिलाहरुको हक अधिकार सुनिश्चितताको लागि महिला पनि जागृत हुनुपर्ने बताए । उनले पहिलेको तुलनामा महिलाहरु अहिले धेरै सक्रिय हुने गरेका बताए । आवश्यक सिप , तालिम , अनुभव र विभिन्न ज्ञानको माध्यम नै अगाडि  बढ्ने बाटो भएकोले महिलाहरु यसका लागि अग्रसर हुनुपर्नेमा उनको जोड दियो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख रमेश वस्नेतले आर्थिक सशक्तिकरण विना महिला अधिकार स्थापित हुन नसक्ने बताए । उनले महिलाहरुलाई आर्थिक रुपले सम्पन्न बनाउन राज्य लागेको बताउँदै महिलाको सम्मान पुरुषले मात्र हैन महिलाले गर्न पनि त्यतिकै जरुरी रहेको बताए ।
त्यसैगरी कार्यक्रममा बोल्दै मन्थली नगरपालिकाकी उपप्रमुख माया कार्कीले महिलाहरु नेतृत्व तहमा पुग्यो भने महिलाको समस्या पहिचान गर्न सहज हुने बताइन् । महिलाहरुको अधिकार प्राप्तिका लागि जस्तोसुकै काम गर्न नगरपालिका प्रतिवद्ध रहेको उनले बताइन् । उनले महिलाहरुको लागि विभिन्न कार्यक्रम गर्न नगरपालिकाले योजना अघि बढाएको समेत जानकारी दिइन् ।
 प्रमुख जल्ला अधिकारी दीलिपप्रसाद लामिछानेले महिला समृद्धिको मुख्य आधार आर्थिक समृद्धि भएको  बताए । उनले महिला दिवस दिवसमा मात्र सिमित नराखेर व्यवहारिक रुपमा अधिकारका लागि सक्रिय हुनुपर्ने सुझाव दिए ।
कार्यक्रम मन्थली नगपालिकाको आयोजना र महिला तथा बालबालिका कार्यालय, मानवअधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) दोलखा, सामुदायीक विकास समाज, सामुदायीक वन उपभोक्ता महासंघ, भ्वाइस अफ चिल्ड्रेन, जनभावना युवा समाज, सवल परियोजना लगायत संस्थाको सहआयोजनामा भएको थियो । सोही कार्यक्रममा म बौल्छु अभियान अन्तर्गत महिला हिँसा, विभेद र दुर्वेवहार विरुद्धको प्रतिवद्धता पत्रमा समेत हस्ताक्षर गरिएको थियो ।
यसैबीच १०८ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा रामेछाप जिल्लाको लिखु तामाकेसी गाउँपालिकामा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । गाउँपालिकाको नागदहमा सडक नाटक देखाइएको छ । नागदहको स्वास्थ्य केन्द्र भवन परिसरमा आयोजना भएको नाटकमा बाल बिवाह , बहुविवाह , घरयासी झगडा सम्बन्धी विषयवस्तुमा आधारित रहेर प्रस्तुत गरिएको थियो ।
न्यायमा पहुच परियोजना रामेछापले आयोजना गरेको कार्यक्रममा लिखु गाउँपालिकाका उपप्रमुख दिपशिखा दाहाल, वडा नम्बर ५ नागदहका अध्यक्ष सोमबहादुर तामाङ, स्थानिय शिक्षक लगाएतका व्यक्तिले प्रदर्शन भएको सो नाटकले समाजमा सकारात्मक सन्देश दिएको बताए ।
यसैगरी गाउँपालिकाको वडा नम्बर ३ विजुलीकोटको काङ्वा डाडामा समेत महिला अधिकार , बालविवाह र समाजिक विभेदका विषयमा सडक नाटक प्रदशर्न गरिएको छ । वडा अध्यक्ष यम बहादुर महतको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला स्थित कलाकारहरुले सचेतना मुलक नाटक सहित साङ्गित प्रस्तुति देखाएका थिए । 
महिला दिवसकै अवसमा रामेछाप नगरपालिकामा पनि कार्यक्रम सम्पन्न भएको छ । रामेछाप नगरपालिकाको सहयोग तथा बिपिडब्लु रामेछाप र सामाज सेवा जागृती महिला कल्व तथा ऋण सहकारी संस्थाको समन्वयमा भएको कार्यक्रम रामेछाप नगरपालिकाकी उपप्रमुख सिर्जना खड्काको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नगरपालिका विभिन्न वडाका वडाअध्यक्षहरु, राजनीतिक दलका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, नगरपापिकाक कार्यकारी अधिकृत, महिला तथा बालबालिका कार्यालय रामेछापकी प्रमुख सत्यदेवी अधिकारी लगायतले बोलेका थिए । वक्ताहरुले महिलाको अधिकारको लागि भएको कानुनी व्यवस्थाको व्यवहारीक प्रयोग हुने पर्नेमा जोड दिएका थिए ।
दिवसकै अवसरमा खाँडादेवी गाउँपालिकाले पनि विभिन्न कार्यक्रम आयोजना गरेको छ । खाँडादेवीमा लोकगित प्रतियोगिता तथा र्याली र प्रवचन कार्यक्रम लगायतका कार्यक्रमहरु सम्पन्न भएका छन् । दिवसको अवससमा गाउँपालिकामा सचेतना र्याली निकालिएको थियो । गाउँपालिकाबाट घ्याङसिङ डाँडासम्म र्याली निकालिएको थियो । त्यस पछि भएको सभा गाउँपालिकाकी उपाध्यक्ष मखमली श्रेष्ठको अध्यक्षतामा भएको थियो । कार्यक्रममा महिला अधिकार सम्बन्धि लोकदोहारी प्रीतयोगिता भएको थियो । ९ वटा समुहले भाग लिएको प्रतियोगितामा वडा नं ३ भिरपानी प्रथम, वडा नं ५ पकरबास दितिय, वडा नं ४ पकरबास तृतिय र वडा नं ७ माकादुम सान्तोना भएका थिए । विजेतालाई क्रमश ः नदग ३ हजार, २ हजार, १ हजार र ५ सय पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको खाँडादेवी गाउँपालिकाका प्रवक्ता पुष्कर कार्कीले जानकारी दिए । 
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • भजन तथा धार्मीक प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • राष्ट्रिय गित7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • गोजी गोजीमा फोजी (सस्करण)8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • पप गित10.15AM - 11.00AM
  • द फिल्मी वज11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • लोक गित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • खाली समय4.10PM - 4.30PM
  • मार्ग दर्शन (नेपाली महिमको मार्ग)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • रेडियो म्यागेजिन ‘जीविका’7.30PM - 7.45PM
  • विश्व सेरोफेरो7.45PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • पुस्ताको आवाज9.15PM - 10.00PM
अन्य मुख्य समाचार