News »
रामेछापको भलुवाजोरमा दलित छात्रछात्रालाई शैक्षिक सामाग्रि वितरण


रामेछाप ।
रामेछापको मन्थली नगरपालिका ६ भलुवाजोरका दलित समुदायका विद्यार्थीहरुलाई शनिबार शैक्षिक सामाग्रि वितरण गरिएको छ । मन्थली नगरपालिकाको सहयोगमा समता मञ्च नेपाले दलित समुदायका कक्षा १ देखि ५ कक्षासम्म अध्ययन गर्ने ९० जना विद्यार्थीहरुलाई सो सामाग्रि वितरण गरेको हो ।
भलुवाजोरको कालिका माविमा आयोजना गरिएको कार्यक्रममा मन्थली नगरपालिकाकी उपप्रमुख मायाँ कार्कीले विद्यार्थीहरुलाई झोला, कपि, डटपेन, पेन्सिल लगायतका शैक्षिक सामाग्रि प्रदान गरिन् । कार्यक्रममा बोल्दै उनले आपूmहरु अशिक्षित भए पनि बालबालिकाहरुको शिक्षामा ध्यान दिन अभिभावकहरुलाई आग्रह गरिन् । बालबालिकालाई पढाउन प्रेरणा मिलोस् भनेरनै यस्तो सहयोग गरेको उनले बताइन् ।
मन्थली नगरपालिकाको ६ नं वडाका वडाअध्यक्ष गोपाल माझीले गाउँमा धेरै समस्या भएको बताउँ्रदै त्यसलाई विस्तारै सम्बोधन गर्दै जाने बताए । उनले बच्चाहरुको पढाइमा शिक्षक, समुदाय र अभिभावक सबैको समान दायित्व हुने बताए ।
समता माञ्च नेपालका अध्यक्ष कमल बसेलको अध्यक्षतामा भएको सो कार्यक्रममा पत्रकार एवं अधिकारकर्मी नवराज पथिक, कालीका माविका सहायक प्रधानाध्यापक विष्णुबहादुर बुढाथोकी लगायतले बोलेका थिए । शैक्षिक सामाग्री बालबालिका तथा उनीहरुका अभिभावकहरुले बुझेका थिए ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • धार्मीक प्रवचन5.00AM - 5.30AM
  • प्रभातकालीन खबर5.30AM - 5.55AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • राष्ट्रिय गीतहरु7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल (उज्यालो)8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • पप गित10.15AM - 11.00AM
  • द फिल्मी वज11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • लोक गित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • खाली समय4.10PM - 4.30PM
  • मार्ग दर्शन (नेपाली महिमको मार्ग)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • पुराना सदाबहार लोक गितहरु6.15PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • नेपाली राष्ट्रिय गितहरु7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • नेपाली गजल गितहरु9.15PM - 10.00PM
अन्य मुख्य समाचार