News »
रामेछापको पकरवासमा जथाभावी विद्युत पोलबितरण गरिएको जनप्रतिनिधिहरुको गुनासो


रामेछाप । फागुन २६ गते,

रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका वडा नम्बर ५ पकरवास गाउँमा विद्युत प्राधिकरणले जथाभावी पोल बितरण गरेको स्थानीय जनप्रतिनिधिहरुले गुनासो गरेका छन् ।  डा नम्बर ५ पकरवासका वडा अध्यक्ष तुलसीदाश श्रेष्ठले विद्युत प्राधिकरणले अत्यावश्यक ठाउँमा वितरण नगरी अनावश्यक ठाउँमा विद्युत पोल बितरण गरेको आरोप लगाए ।
यसका बारेमा विद्युत प्राधिकरणसंग कुरा गरिएको भए पनि आफुहरुसंग समन्वयनै नगरी  विद्युत प्राधिकरणले पोल बितरण गरिरहेको उनको भनाई छ । आफ्नो वडामा आवश्यकताको पहिचान गरि पटक पटक जानकारी गराउदा पनि विद्युत प्राधिकरणले ध्यान नदिएको वडा सदस्य धर्म खत्रीले बताए ।
यता नेपाल विद्युत प्राधिकरण जिल्ला शाखा रामेछापका प्रमुख बिनोद अधिकारीले भने स्थानीय जनप्रतिनिधिसंग आवश्यक समन्वय गरी पोल पठाइएको दावि गरे । उनले पकरवासमा काठको जिर्ण भएको विद्युत पोल परिवर्तनका लागि २ सय भन्दा बढि फलामका पोल पठाइएको बताए ।
केहि ठाउँमा प्राधिकरणले भनेको भन्दा फरक ठाउँमा ठेकेदारले पोल लगेको भन्ने गुनासो आफुकहाँ आएकाले त्यसको अनुगमन गरी पहिलाकै ठाउँमा पोल गाडिने प्राधिकरण प्रमुख अधिकारीको भनाई छ । पकरवासमा काठका विद्युत पोल जिर्ण भएका भन्दै विद्युत प्राधिकरण रामेछापले ८५ लाख रुपँैया विद्युत पोल खरिदका लागि रकम छ्ट्याएको थियो ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • धार्मीक प्रवचन5.00AM - 5.30AM
  • प्रभातकालीन खबर5.30AM - 5.55AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • राष्ट्रिय गीतहरु7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल (उज्यालो)8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • पप गित10.15AM - 11.00AM
  • द फिल्मी वज11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • लोक गित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • खाली समय4.10PM - 4.30PM
  • मार्ग दर्शन (नेपाली महिमको मार्ग)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • पुराना सदाबहार लोक गितहरु6.15PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • नेपाली राष्ट्रिय गितहरु7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • नेपाली गजल गितहरु9.15PM - 10.00PM
अन्य मुख्य समाचार