News »
मन्थलीमा नगर दलित गैरसरकारी संस्था महासंघ गठन


रामेछाप ।फागुन २७  ,

रामेछाप जिल्लाको मन्थली नगरपालिका भित्र रहेका दलित गैरसरकारी संस्थाहरुको छाता संगठनको रुपमा दलित गैरसरकारी संस्था महासंघ गठन भएको छ । मन्थलीमा दलित अभियानको क्षेत्रमा काम गर्ने संस्थाका प्रतिनिधिहरुको भेलाले महासंघ गठन गरेको हो । 
छत्र बहादुर मुग्रातीको संयोजककत्वमा गठित ७ सदस्यीय महासंघमा नगर भित्रका ६ वटा दलित संस्थाहरु आवद्ध छन् । महासंघमा आवद्ध हुने संस्थाहरुमा समता मञ्च नेपाल, प्रगतिशिल दलित सेवा समाज, रामेछाप दलित सशक्तिकरण केन्द्र, पञ्चेबाजा संरक्षण समाज, भवानीश्वर भेटघाट सेवा समाज र दीगो विकासका लागि सहकार्य नेपाल रहेका छन् ।
महासंघले तत्काल दलित लक्षित वजेट विनियोजन गर्न र स्थानीय तहमा दलितमैत्री कानुन निर्माण गर्न पैरवी गर्ने संयोजक छत्र मुग्रातीले बताए । यसैगरी नगर भित्र हुने जातीय छुवाछुतका घटनामा पनि महासंघले वकालत गर्ने जनाइएको छ । 
यसैबीच महासंघले मन्थली नगरपालिकाको आगामी आ.व. ०७५÷७६ मा  हुने नगरसभालाई लक्षित गर्दै दलित लक्षित योजना तर्जुमा गोष्ठी समेत आयोजना गरेको थियो । गोष्ठीका प्रमुख नगर प्रमुख रमेश कुमार बस्नेतले आयआर्जन, सीपमुलक कार्यक्रम भन्दा पनि दलित समुदायको क्षमता वृद्धिको लागि सशक्तिकरणका योजनाहरु तय गर्न आग्रह गरे । मन्थली नगर कार्यपालिकाका सदस्य उद्धव रम्तेलले नगर भित्रका दलितको मुख्य समस्या जातीय छुवाछुत नै भएकोले यसको अन्त्यको लागि नगरपालिकाले ठोस नीति तथा कार्यक्रम तय गुर्नपर्ने बताए ।
कार्यक्रममा नगरपािलकाका सदस्य, दलित महिला वडा सदस्यहरु, महासंघमा आवद्ध ६ वटा दलित संस्थाका प्रतिनिधिहरु लगायत जिल्लास्तरका दलित अधिकारकर्मीहरुको समेत सहभागिता रहेको थियो ।



 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » भजन तथा धार्मीक प्रवचन
5.00AM - 6.00AM
केहि क्षणमा » काया कैरन
6.00AM - 6.30AM
कार्यक्रम तालिका
  • भजन तथा धार्मीक प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • राष्ट्रिय गित7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • गोजी गोजीमा फोजी (सस्करण)8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • पप गित10.15AM - 11.00AM
  • द फिल्मी वज11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • लोक गित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • खाली समय4.10PM - 4.30PM
  • मार्ग दर्शन (नेपाली महिमको मार्ग)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • रेडियो म्यागेजिन ‘जीविका’7.30PM - 7.45PM
  • विश्व सेरोफेरो7.45PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • पुस्ताको आवाज9.15PM - 10.00PM
अन्य मुख्य समाचार