News »
रामेछापमा ७ महिनामा ट्राफिक नियम उलङ्घन गर्ने झण्डै ६ हजार सवारी साधन कारवाहीमा

रामेछाप । फागुन २७ गते,
जिल्ला ट्राफिक प्रहरी कार्यालय मन्थली रामेछापले जिल्लामा हुन सक्ने दुर्घटनाको जोखिमतालाई मध्यनजर गरी आफ्नो कारवाही र चेतनामूलक कार्यक्रमलाई तिव्रता दिएको छ । ट्राफिक प्रहरी कार्यालय रामेछापले यो आर्थिक बर्षको हालसम्म ट्राफिक नियम विपरित संचालन भएका ५ हजार ७ सय ७४ सवारी साधनलाई कारवाही गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख ओम प्रकाश मण्डलले जानकारी दिए । उनले कारवाहीमा परेका यी सवारी साधनबाट ४३ लाख ११ हजार ५ सय राजश्व संकलन भएको बताए । चालु आर्थिक बर्षको हाल सम्म रामेछापमा भएका १० सवारी दुर्घटना परि ८ जनाको ज्यान गएको उनको भनाई छ । 
ट्राफिक प्रहरी कार्यालय प्रमुख मण्डलले जिल्लाको सडक दुर्घटना जोखिमतालाई ध्यानमा राखी मापसे लगाएतका चेकजाँचमा पनि कडाई गरिएको बताए । ग्रामिण भेगका मानिसलाई ट्राफिक नियमका बारेमा चेतना नहुदा समस्या भएको भन्दै त्यस्ता ठाउँका मानिसलाई लक्षित गरी जिल्लाका विभिन्न विद्यालयहरुमा ट्राफिक नियम र यसको व्यवस्थापनका बारेमा चेतनामूलक कार्यक्रमहरु संचालन गरिएको उनको भनाई छ । उनले सदरमुकामको मन्थली बजारमा पनि ट्राफिक व्यवस्थापनका लागि विभिन्न कामहरु गरिएको बताए । उनले बजार क्षेत्रमा रहेका पुराना ट्राफिक नियम सम्बन्धी बोर्डहरु पविर्तन गरिएको र बजार क्षेत्रमा हुन सक्ने दुर्घटनालाई मध्यनजर गरी चेकजाँचमा पनि कडाई गरिएको बताए । रामेछापमा साना तथा ठुला गरी दैनिक ५ हजार भन्दा बढि सवारी साधन आवातजावत गर्ने गरेका छन् ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » भजन तथा धार्मीक प्रवचन
5.00AM - 6.00AM
केहि क्षणमा » काया कैरन
6.00AM - 6.30AM
कार्यक्रम तालिका
  • भजन तथा धार्मीक प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • राष्ट्रिय गित7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • गोजी गोजीमा फोजी (सस्करण)8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • पप गित10.15AM - 11.00AM
  • द फिल्मी वज11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • लोक गित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • खाली समय4.10PM - 4.30PM
  • मार्ग दर्शन (नेपाली महिमको मार्ग)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • रेडियो म्यागेजिन ‘जीविका’7.30PM - 7.45PM
  • विश्व सेरोफेरो7.45PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • पुस्ताको आवाज9.15PM - 10.00PM
अन्य मुख्य समाचार