News »
रामेछापमा पेट्रोल अभाव, पेट्रोल भर्न सिन्धुलीको खुर्काेट र दोलखाको चरिकोट पुग्नुपर्ने बाध्यता

रामेछाप । फागुन २८ गते,
रामेछाप जिल्लामा पेट्रोल पम्पहरुले पेट्रोल विक्रि नगर्दा सर्वसाधारण मारमा परेका छन् । सदरमुकाम मन्थलीमा रहेका पेट्रोल पम्पहरुमा लामो समय यता देखि पेट्रोल छैन । जिल्लामा पेट्रोल नभएपछि सर्वसाधारण पेट्रोल भर्नका लागि सिन्धुलीको खुर्काेट बजार वा दोलखाको चरिकोट बजारमा पुग्नुपर्ने बाध्यतामा छन् ।
जिल्लामा पेट्रोल अभाव हुँदा पनि सरोकारवाला निकायले वास्ता नगर्दा समस्या भएको सर्वसाधारणको भनाई छ । सदरमुकाम मन्थलीको बसपार्कमा संचालित निलकण्ठ आयअल स्टोरले केहि समय यता पेट्रोल ल्याउन छाडेको छ । सदरमुकाममा रहेको अर्काे लक्ष्मी आयल स्टोरले हालसम्म पेट्रोल नै बेचेको छैन । एउटा पेट्रोल पम्पमा निर्भर रहेका रामेछाका नागरिक पेट्रोल आउन छाडेपछि अहिले समस्यामा परेका छन् । पेट्रोल पम्पमा पेट्रोल नपाएपनि महंगोमा भने बजारका किराना पसलहरुमा अवैध रुपमा पेट्रोल विक्रि भई रहेको छ । पम्पमा १ सय ५ रुपैयाँमा पाइने पेट्रोल यस्ता पसलले १ सय ३० रुपैयाँ लिटरसम्म विक्रि गरि रहेका छन् ।
अहिले बजार क्षेत्रमा मात्र नभई ग्रामीण भेगका किराना पसलदेखि होटलमा समेत बढी मूल्य तिरे पेट्रोल सहजै पाइने उपभोक्ताहरुको भनाई छ । कालोबजारी गर्न पल्किएका व्यापारीहरुले अहिले जिल्लामा पेट्रोलको कृत्रिम अभाव गराएर बढी मूल्यमा बिक्रि गर्ने गरेको उपभोक्ताको गुनासो छ । रामेछापमा अहिले  ५ हजार भन्दाबढि मोटरसाइकलहरु चल्ने गर्दछन् । तर यी सवारीका साधन संचालनका लागि जिल्लामा रहेको पेट्रोल पम्पहरुमा पेट्रोल नहुँदा समस्या भएको छ । धेरै जसो सवारी साधनले बजारका विभिन्न किराना पसलहरुवाट प्रति लिटर १ सय ३० रुपैयाँ तिरेर पेट्रोल भर्ने गरेका छन् । 
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » न्यू होप
5.30PM - 6.00PM
केहि क्षणमा » उज्यालो समाचार
6.00PM - 6.15PM
कार्यक्रम तालिका
  • धार्मीक प्रवचन5.00AM - 5.30AM
  • प्रभातकालीन खबर5.30AM - 5.55AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाणी6.30AM - 7.00AM
  • राष्ट्रिय गितहरु7.00AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल (उज्यालो)8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • पप गित10.15AM - 11.00AM
  • द फिल्मी वज11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • लोक गित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • खाली समय4.10PM - 4.30PM
  • मार्ग दर्शन (नेपाली महिमको मार्ग)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • पुराना सदाबहार लोक गितहरु6.15PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • नेपाली राष्ट्रिय गितहरु7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • नेपाली गजल गितहरु9.15PM - 10.00PM
अन्य मुख्य समाचार