News »
मन्थलीमा मानव अधिकार सम्बन्धी २ दिने प्रशिक्षण कार्यक्रम सुरु

रामेछाप । फागुन २९ गते,
रामेछापको सदरमुकाम मन्थलीमा मानव अधिकार सम्बन्धी २ दिने प्रशिक्षण कार्यक्रम मंगलबार सुरु भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापसंगको समन्वयमा ाष्ट्रिय मानव अधिकार आयोगले तालिम सञ्चालन गरेको हो ।
सबैका लागि घरघरमा मानव अधिकार शान्ति र विकासको आधार भन्ने नाराका साथ सुरु भएको तालिममा मानव अधिकार, यसको क्षेत्र र  मानवअधिकारको अवस्था लगाएतका विषय बिषयमा छलफल भएको छ ।
नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुङ्गेलको अध्यक्षतामा सुरु भएको प्रशिक्षणमा जिल्ला न्यायाधीश कृष्ण प्रसाद पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै जिल्ला न्यायाधीश पौडेलले मानव अधिकारका संरक्षणमा सबै क्षेत्र प्रतिबद्ध भएर लाग्नुपर्ने बताए । उनले मानव अधिकार संरक्षणका लागि नेपालका न्यायालयहरुले महत्वपुर्ण कामहरु गरेको दावि गरे ।
कार्यक्रका विशेष अतिथि एवं मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले रामेछापका संचार माध्ययमहरुले जनताको समस्या पहिचान गरि समाचारहरु प्रकाशन र प्रसारण गरिरहेको बताए । जसका कारण नगरपालिकालाई तत्काल याक्सन लिएर काम गर्न सहज भएको उनको भनाई छ  । उनले सत्य तथ्य समाचार सम्प्रेषण गरि सकरात्मक बोटोमा कलम चलाउन पत्रकारहरुलाई आग्रह गरे   ।
 उनले कानुन बनाउने जिम्मा स्थानीय तहलाई भएपनि त्यस सम्बन्धी जानकारी र दक्ष जनशक्ति नहुदाँ समस्या भएको बताए । राष्ट्रिय मानव अधिकार आयोगका उपनिर्देशक यज्ञ प्रसाद अधिकारीले तालिमको सहजिकरण गरिरहेका छन् । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष रमेश ढुङ्गेल र रामेछापका निमित्त प्रहरी प्रमुख राज कुमार थापाले जिल्लाको मानव अधिकारको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » मार्ग दर्शन (नेपाली महिमको मार्ग)
5.00PM - 5.30PM
केहि क्षणमा » न्यू होप
5.30PM - 6.00PM
कार्यक्रम तालिका
  • भजन तथा धार्मीक प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • राष्ट्रिय गित7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • गोजी गोजीमा फोजी (सस्करण)8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • पप गित10.15AM - 11.00AM
  • द फिल्मी वज11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • लोक गित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • खाली समय4.10PM - 4.30PM
  • मार्ग दर्शन (नेपाली महिमको मार्ग)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • रेडियो म्यागेजिन ‘जीविका’7.30PM - 7.45PM
  • विश्व सेरोफेरो7.45PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • पुस्ताको आवाज9.15PM - 10.00PM
अन्य मुख्य समाचार