News »
रामेछापको मन्थलीमा सहकारी अभिलेख हस्तारण गोष्ठी सम्पन्न

रामेछाप । चैत ३० गते,
रामेछापको मन्थलीमा जिल्लामा रहेका सहकारी संघ संस्थाहरुको अभिलेख हस्तान्तरण सम्बन्धी स्थानीय तहका पदाधिकारी तथा अधिकृतहरुको लागि आयोजना गरिएको दुई दिने अभिमुखीकरण गोष्ठी शुक्रबार सम्पन्न भएको छ । स्थानीय तहमा रहेका सहकारी संस्थाहरुको हस्तान्तरण गर्नुका साथै स्थानीय तहको भूमिका सहकारीहरुको दर्ता, नविकरण, अनुगमन नियमन जस्ता विषयहरुमा जानकारी गराउने उद्देश्यले डिभिजन सहकारी कार्यालय चरिकोट, दोलखाले अभिमुखीकरणको आयोजना गरेको थियो । कार्यक्रममा सहकारी संघ संस्थाहरुको अभिलेख हस्तान्तरण तथा अभिमुखीकरण गोष्ठीमा देशका ३८ वटै डिभिजनहरु खारेज हुन लागेको जानकारी गराइएको थियो । बैशाख मसान्तभित्र सबै सहकारीहरु हस्तान्तरण गर्ने कार्यक्रम अन्तर्गत रामेछापमा रहेका ५ सय १५ वटा सहकारीहरु स्थानीय तहलाई हस्तान्तरण गरिएको जानकारी गराइएको थियो ।
नगरपालिका तथा गाउँपालिकाका प्रमुखहरुलाई आआफ्नो स्थानीय तहमा रहेका सहकारी संस्थाहरुको हस्तान्तरण गरिएको कार्यक्रममा रामेछापका ८ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगाएत सहकारीका क्षेत्रमा कार्य गर्ने संघसंस्थाहरुको सहभागीता रहेको थियो । कार्यक्रमका सहभागिहरुले २ दिने गोष्ठीले स्थानीय तहमा रहेको सहकारीहरुको अभिलेख राख्नका लागि आफुहरुलाई सजिलो भएको बताएका छन् । गोष्ठीलाई सहकारी विभागका रजिष्टार केशब प्रसाद रेग्मी, केन्द्रीय सहकारी प्रशिक्षण केन्द्र काठमाण्डौका प्राचार्य भरत आचार्य र  डिभिजन सहकारी कार्यालय चरिकोट, दोलखाका सहकारी अधिकृत टोपलाल अर्यालले सहजीकरण गरेका थिए ।

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • धार्मीक प्रवचन5.00AM - 5.30AM
  • प्रभातकालीन खबर5.30AM - 5.55AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • राष्ट्रिय गीतहरु7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल (उज्यालो)8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • पप गित10.15AM - 11.00AM
  • द फिल्मी वज11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • लोक गित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • खाली समय4.10PM - 4.30PM
  • मार्ग दर्शन (नेपाली महिमको मार्ग)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • पुराना सदाबहार लोक गितहरु6.15PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • नेपाली राष्ट्रिय गितहरु7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • नेपाली गजल गितहरु9.15PM - 10.00PM
अन्य मुख्य समाचार