News »
काम नसकिदै मन्थली रामेछाप सडकको कालोपत्रे भत्कियो, सरोकारवाला निकाय मौन

रामेछाप । वैशाख २ गते,
रामेछाप जिल्लाको सदरमुकाम मन्थलीदेखि पुरानो सदरमुकाम रामेछाप बजारसम्म जोड्ने सडकको काम पूरा नहुँदै कालोपत्रे भत्कदैजाने क्रम बढेको छ । कामनै सम्पन्न नभइ सडकको कालोपत्रे उक्किएपछि सडकको गुणस्तरीयता माथि प्रश्न उठ्दा पनि सम्म सम्बन्धीत निकाय भने मौन बसेको छ  ।
मन्थलीदेखि रामेछापसम्मको १७ किलोमिटर लामो सडकको कालोपत्रेको काम सन् २०१७ को फेब्रुअरी महिनासम्म पूरा गर्ने गरी बज्रगुरु कन्सट्रक्सन प्रालिले जिम्मा लिएको थियो । एक वर्ष ढिलो गरी हालै काम पूरा भएको सो सडक १४ करोड ६५ लाख रुपैयाँमा निर्माणकार्य पूरा गर्नेगरी सो कम्पनीले काम जिम्मा लिएको हो ।
सडकको नाली बनाउने तथा पाइप राख्ने, कालोपत्रे गर्ने र अन्य काम पूरा भएको छ । सडकको काम पूरा गरिसकेको निर्माण कम्पनीले गरेको काम गुणस्तरीय नभएको स्थानीय उपभोक्ताले सुरु देखिनै गुनासो गर्दै आएका थिए । सडक निर्माणको क्रममा लगाइएको पर्खाल तथा नालीमा सिमेन्टको मात्रा कम प्रयोग भएको तथा पर्याप्त पानी नहाल्दा पर्खाल र नाला कमजोर भएको भन्दै स्थानीयले पहिलादेखि नै गुनासो गर्दै आएकोमा अहिले पिचको काम सकिनासाथ सडको विभिन्न ठाउँमा कालोपत्रे उक्किएपछि काम गुणस्तरीय नभएको प्रमाणित भएको छ ।
सडक निर्माणको काम पुरा नहुँदै पिच उक्किनु आश्चर्यको कुरा भएको स्थानीयको भनाई छ । उनीहरुले यस विषयमा छानविन गरी आवश्यक कारबाही गर्नु पर्ने बताएका छन्  । यो सडक हेर्ने सडक डिभिजन कार्यालय सिन्धुलीका प्रमुख राकेश महर्जनले  सडक पिच गर्दा प्रयोग गरिने बढी भएकोले सडक भत्किएको बताए ।
सुरुपमा रामेछाप बजारको कारागार नजिकै भत्किएको सडक अहिले बाबियाखर्क खण्डमा पनि विभिन्न स्थानमा भक्तिन लागेको छ । भत्किएको सडक पुर्न र थप भत्कन नदिन निर्माण कम्पनीले अहिले धमाधम बालुवा हालि रहेको छ ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » बुलबुल
9.15PM - 10.00PM
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • धार्मीक प्रवचन5.00AM - 5.30AM
  • प्रभातकालीन खबर5.30AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • राष्ट्रिय गितहरु6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • जिवनको मार्ग7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • दविएका आवाजको पुनः प्रशारण8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.10AM
  • लोक मञ्जरी9.10AM - 10.00AM
  • गितको (प्रोमो)10.00AM - 10.15AM
  • द फिल्मी वज10.15AM - 11.00AM
  • कार्यक्रम हाम्रो भाका11.00AM - 12.00PM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • पप/ रिमिक्स गित1.15PM - 2.00PM
  • सुगम संगित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • नेपाली फिल्मको गितहरु3.15PM - 4.00PM
  • तीनलाल खबर4.00PM - 4.15PM
  • खालि समय (गाउ खाने कथा)4.15PM - 5.00PM
  • मुक्तिको मार्ग5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.20PM
  • सहकारी सन्देश6.20PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • SMS संग लोक गित8.30PM - 9.00PM
  • गितको (प्रोमो)9.00PM - 9.15PM
  • बुलबुल9.15PM - 10.00PM
अन्य मुख्य समाचार