News »
रामेछापमा हाल सम्म १२ हजार ५ सय घर निर्माण भयो
रामेछाप । वैशाख ४ गते,
रामेछाप जिल्लामा २०७४ साल चैत मसान्त सम्म जम्मा १२ हजार ५ सय निनि आवास निर्माण भएका छन । भूकम्प गएको झण्डै तीन बर्षमा यी घरहरु  निर्माण भएको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय रामेछापले जनाएको छ । पुननिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय रामेछापका नायव सुब्बा होम घिमिरेका अनुसार जिल्लामा २९ हजार ५ सय घर दोस्रो किस्ताका लागि योग्य भएकोमा हालसम्म २९ हजार घरले दोस्रो किस्ताको रकम  लिइसकेका छन् । 
उनले ७ हजार ५ सय घरको तेस्रो किस्ताका लागि निवेदन परेकोमा  ७ हजार घरले तेस्रो किस्ता बुझिसकेको बताए । जिल्लामा अहिले ३७ हजार निजि घरहरुमा पुननिर्माणको काम जारी रहेको उनको भनाई छ । जिल्लाभरबाट १४ हजार ५ सय गुणासो परेकोमा ११ हजार ८ सय ४८ गुनासो जिल्लाबाट पठाइसकिएको र केन्द्रले छानविन गरिरहेको पुननिर्माण प्राधिकरण रामेछापको भनाई छ । 
रामेछापमा २०७२ साल वैशाखमा आएको महाभूकम्पका कारण ४५ हजार ५० घर पुर्ण क्षती भएका छन् । जसमध्य ४३ हजार लाभग्राहीले सम्झौता गरी पहिलो किस्ता लिएका छन् । जिल्लाका विभिन्न ठाउँका लाभग्राहीहरुले अनुदान लिन निकै झन्जटिलो भएको भन्दै गुणासो गरेका छन् । 
रामेछाप गुम्देलका पीडितहरुले त  आफुहरुलाई सरकारी प्रक्रियाकै कारण अनुदान रहम लिन निकै समस्या भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षन पत्र समेत बुझाएका छन् । रामेछापमा घर बनाउन आवश्यक पानी र दक्ष जनशक्तिको अभावका कारण सोचे अनुरुप पुननिर्माणको कामले गति लिन नसकेको पुननिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय रामेछापको ठम्याई छ । 
 
कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » न्यू होप
5.30PM - 6.00PM
केहि क्षणमा » उज्यालो समाचार
6.00PM - 6.15PM
कार्यक्रम तालिका
  • धार्मीक प्रवचन5.00AM - 5.30AM
  • प्रभातकालीन खबर5.30AM - 5.55AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाणी6.30AM - 7.00AM
  • राष्ट्रिय गितहरु7.00AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल (उज्यालो)8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • पप गित10.15AM - 11.00AM
  • द फिल्मी वज11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • लोक गित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • खाली समय4.10PM - 4.30PM
  • मार्ग दर्शन (नेपाली महिमको मार्ग)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • पुराना सदाबहार लोक गितहरु6.15PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • नेपाली राष्ट्रिय गितहरु7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • नेपाली गजल गितहरु9.15PM - 10.00PM
अन्य मुख्य समाचार