News »
वर्षाले रामेछापको सदरमुकाम मन्थली अस्तव्ययस्त, परिक्षादिन गएका विद्यार्थीलाई खोलाले बगायो


नवराज पथिक
 रामेछाप । बैशाख ३१ गते

भिषण बर्षापछि रणजोर खोलमा आएको बाढीले बगाउँदा रामेछापको सदरमुकाम मन्थलीमा एकजना विद्यार्थी वेपत्ता भएकी छिन् । बाढीको कारण मन्थली बजार अस्तव्यस्त भएको छ ।
सदमुकाम मन्थली स्थित मन्थली माविबाट मन्थली नगरपालिकाको भटौलीमा रहेको रुद्राक्षेश्वर मावि परिक्षा केन्द्रमा ११ कक्षाको परिक्षा दिन गएकी मन्थली नगरपालिका १ कि उष्मा फुयाँललाई रणजोर खोलाले बाए वेपत्ता बनाएको हो । उनीसँग खोलाले बगाएका अन्य ६ जना छात्राहरुको भने उद्दार गरिएको छ । उनीहरु मध्ये तीन जनाको रामेछाप सामुदायिक अस्पतालमा उपचार भैरहेको छ । उनीहरु बिहान ६ बजेतिर खोला तर्न पस्दा खोलामा अकस्मात आएको बाढीले बगाएको थियो । बगाएका मध्ये कहीको रणजोर खोला रकेहीको तामाकोसी नदीबाट उद्दार गरिएको हो ।
वेपत्ता भएकी फुयाँलको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीयले रणजोर र तामाकोसी नदी किनारमा खोजि गरी रहेका छन् । उनको अहिलेसम्म पत्तो लाग्न सकेको छैन ।
राति १२ बजेपछि परेको भिषणवर्षा पछि आएको बाढी पहिरोले मन्थली बजार अस्तव्यस्त भएको छ । बजारमा ठाउँठाउँमा माटोका ढिस्का जम्मा भएका छन् भने हाटेचौर तथा बसपार्क क्षेत्र डुवानमा परेको छ । बजारमाथिबाट आएका खहरेहरुमा आएको बाढीले बसपार्क क्षेत्रका अधिकाँस घरहरुमा पानी र लेदो माटो परेको छ । बाढीले केहीघरहरु भत्किाएका छन् । खहरेमा आएको बाढीले बगाएको माटोर र गेगरले बसपार्कमा राखिएका गाडीहरु तथा घरको छेउमा राखिएको मोटरसाइकल तथा ट्रकहरु समेत पुरिएका छन् ।
बसपार्कदेखि मन्थली बजारसम्मको सडक ठाउँठाउँमा पुरिएको छ । भने केही ठाउँमा बाढीले सडक खोलेर खाडल बनाएको छ । बसरपार्कको ट्राफिक विट अगाडी ठूलो दह जमेको छ ।
मन्थली बजार क्षेत्रमा अकल्पनिय क्षति पुर्याएको मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले बताए । बजार क्षेत्रमा अवरुद्ध भएको सडक खुलाउने काम सुरु भएको छ । अहिले वर्षा रोकिए पनि आकाश नखुलेको कारण पुन वर्षा भएर क्षति हुने डरले स्थानीय आतंकित भएका छन् ।

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » एसएमएस संग लोकगित
8.30PM - 9.00PM
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • धार्मीक प्रवचन5.00AM - 5.30AM
  • प्रभातकालीन खबर5.30AM - 5.55AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • राष्ट्रिय गीतहरु7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल (उज्यालो)8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • पप गित10.15AM - 11.00AM
  • द फिल्मी वज11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • लोक गित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • खाली समय4.10PM - 4.30PM
  • मार्ग दर्शन (नेपाली महिमको मार्ग)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • सहकारी सन्देश6.15PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • बाँचे संसार देखिन्छ (टिपिओ नेपाल)7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • बुलबुल9.15PM - 10.00PM
अन्य मुख्य समाचार