News »
खोलाले बगाएर वेपत्ता रामेछाप आकाशेकी उष्मा फुयालको अवस्था अझै अज्ञात

रामेछाप । बैशाख ३१ गते,
रामेछापको सदरमुकाम मन्थलीमा खोलाले बगाएर वेपत्ता भएकी उष्मा फुयालको अवस्था अहिलेसम्म अज्ञात रहेको छ  । भिषण बर्षापछि रणजोर खोलमा आएको बाढीले बगाएर सोमबार विहान ६ बजेदेखी वेपत्ता भएकी मन्थली आकाशेकी १८ बर्षकी फुयालको खोजीकार्य जारी राखिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ  ।
नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयहरुले सोमबार दिनभर फुयाललाई बगाएको रणजोर खोलादेखी त्रीवेणी स्थित सुनकोशीसम्म खोजी गरिएपनि फेला नपरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक राजेन्द्र थापाले जानकारी दिए । प्रहरी निरिक्षक थापाका अनुसार अहिले फुयाललाई बगाएको ठाउँ रणजोर खोलामा पुरिएको हुनसक्ने अनुमानले मन्थली नगरपालिकाको स्काभेटर लगाएर खोज्ने कार्य भैरहेको छ । 
वेपत्ता फुयाल मन्थली माविबाट मन्थली नगरपालिका वडा नम्बर ७ भटौलीमा रहेको रुद्राक्षेश्वर मावि परिक्षा केन्द्रमा कक्षा ११ को परिक्षा दिन ६ जना साथीसंगै गएकी थिइन् । उनीसंगै परिक्षा दिन गएका ६ जनालाई पनि खोलाले बगाएको थियो । उनीसँग खोलाले बगाएका अन्य ६ जना छात्राहरुको भने सकुसल उद्दार गरिएको छ । उनीहरु मध्ये तीन जना सामान्य घाइते भएका छन् । बगाएका मध्ये केहीको रणजोर खोला र  केहीको तामाकोसी नदीबाट उद्दार गरिएको थियो ।
आइतबार राति १२ बजेपछि परेको भिषणवर्षा पछि आएको बाढी पहिरोले अस्तव्यस्त भएको मन्थली बजारमा अहिले यातायातको साधन संचालन हुन थालेको छ  । बजारमा ठाउँठाउँमा जम्मा भएका माटोको ढिस्कालाई स्काभेटरले पन्छाएपछि यातायातका साधनहरु संचालन गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक थापाले बताए ।
मध्यरातदेखी आएको मुशलधारे पानीका कारण बजारमाथि खहरेहरुमा आएको बाढीले बसपार्क क्षेत्रका अधिकाँस घरहरुमा पानी र लेदो माटो पसेको थियो  । खहरेमा आएको बाढीले बगाएको माटो र गेगरले बसपार्कमा राखिएका गाडीहरु तथा घरको छेउमा राखिएको मोटरसाइकल तथा ट्रकहरु समेत पुरिएका थिए  । प्रहरी निरिक्षक थापाका अनुसार अहिले सडकमा थुप्रीयका माटो तथा ढुंगाको ढिस्कोहरुलाई पन्छाएर एकतर्फी सडक संचालन गरिएको छ ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » भजन तथा धार्मीक प्रवचन
5.00AM - 6.00AM
केहि क्षणमा » काया कैरन
6.00AM - 6.30AM
कार्यक्रम तालिका
  • भजन तथा धार्मीक प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • राष्ट्रिय गित7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • गोजी गोजीमा फोजी (सस्करण)8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • पप गित10.15AM - 11.00AM
  • द फिल्मी वज11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • लोक गित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • खाली समय4.10PM - 4.30PM
  • मार्ग दर्शन (नेपाली महिमको मार्ग)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • रेडियो म्यागेजिन ‘जीविका’7.30PM - 7.45PM
  • विश्व सेरोफेरो7.45PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • पुस्ताको आवाज9.15PM - 10.00PM
अन्य मुख्य समाचार