News »
वेपत्ताको तीव्र खोजी र घाइतेको उपचार प्रवन्ध मिलाउँन मन्त्री ढुंगेलको निर्देशन

रामेछाप । जेठ १ गते ,
प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले रामेछापको सदरमुकाम मन्थलीमा भएको घटना प्रति दुःख व्यक्त गरेका छन् । उनले बाढिका कारण मन्थलीमा भएको मानविय तथा भैतिक संरचना क्षेती प्रति गहिरो दुःख व्यक्त गरेका छन् । मन्त्री ढुंगेलले रणजोर खोलाले बगाएर वेपत्ता भएकी आकाशेकी १८ बर्षकी उष्मा फुयालको खोजी कार्यलाई तिव्रता दिन र घाइतेहरुको उचित औषध उपचारको प्रवन्ध गर्न मातहतको निकायलाई निर्देशन समेत दिएका छन् । उनले अकल्पनीय बर्षापछि भएको मानविय तथा भौतिक क्षेतीका बारेमा तत्काल यकिन गरि आवश्यक प्रवन्ध मिलाउन पनि निर्देशन दिएका छन् । बाढिका कारण भएको क्षेतीले गर्दा नागकिलाई थप समस्या आउन नदिन तत्काल क्षेति भएका भौतिक संरचना निर्माणमा जुट्न सबैलाई आग्रह समेत गरेका छ् ।
यता रामेछापको सदरमुकाम मन्थलीमा रणजोर खोलाले बगाएर वेपत्ता भएकी उष्मा फुयालको अवस्था अहिलेसम्म अज्ञात रहेको छ  । भिषण बर्षापछि रणजोर खोलमा आएको बाढीले बगाएर सोमबार विहान ६ बजेदेखी वेपत्ता भएकी मन्थली आकाशेकी १८ बर्षकी फुयालको खोजीकार्य जारी राखिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ  ।   नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयहरुले सोमबार दिनभर फुयाललाई बगाएको रणजोर खोलादेखी त्रीवेणी स्थित सुनकोशीसम्म खोजी गरिएपनि फेला नपरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक राजेन्द्र थापाले जानकारी दिए । प्रहरी निरिक्षक थापाका अनुसार सोमबार साँझ अबेर सम्म फुयाललाई बगाएको ठाउँ रणजोर खोलामा पुरिएको हुनसक्ने अनुमानले मन्थली नगरपालिकाको स्काभेटर लगाएर खोजिएपनि फेला नपरेपछि मंगलबार बिहानैदेखी सुनकोशी र तामाकोशीमा खोजी कार्यलाई तिव्रता दिइएको छ ।
वेपत्ता फुयाल मन्थली माविबाट मन्थली नगरपालिका वडा नम्बर ७ भटौलीमा रहेको रुद्राक्षेश्वर मावि परिक्षा केन्द्रमा कक्षा ११ को परिक्षा दिन ६ जना साथीसंगै गएकी थिइन् । उनीसंगै परिक्षा दिन गएका ६ जनालाई पनि खोलाले बगाएको थियो । उनीसँग खोलाले बगाएका अन्य ६ जना छात्राहरुको भने सकुसल उद्दार गरिएको छ । उनीहरु मध्ये तीन जना सामान्य घाइते भएका छन् । बगाएका मध्ये केहीको रणजोर खोला र  केहीको तामाकोसी नदीबाट उद्दार गरिएको थियो । आइतबार राति १२ बजेपछि परेको भिषणवर्षा पछि आएको बाढी पहिरोले अस्तव्यस्त भएको मन्थली बजारमा अहिले यातायातको साधन संचालन हुन थालेको छ  । बजारमा ठाउँठाउँमा जम्मा भएका माटोको ढिस्कालाई स्काभेटरले पन्छाएपछि यातायातका साधनहरु संचालन गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक थापाले बताए । पानीका कारण बजारमाथि खहरेहरुमा आएको बाढीले बसपार्क क्षेत्रका अधिकाँस घरहरुमा पानी र लेदो माटो पसेको थियो  । खहरेमा आएको बाढीले बगाएको माटो र गेगरले बसपार्कमा राखिएका गाडीहरु तथा घरको छेउमा राखिएको मोटरसाइकल तथा ट्रकहरु समेत पुरिएका थिए  ।

 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » न्यू होप
5.30PM - 6.00PM
केहि क्षणमा » उज्यालो समाचार
6.00PM - 6.15PM
कार्यक्रम तालिका
  • धार्मीक प्रवचन5.00AM - 5.30AM
  • प्रभातकालीन खबर5.30AM - 5.55AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाणी6.30AM - 7.00AM
  • राष्ट्रिय गितहरु7.00AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल (उज्यालो)8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • पप गित10.15AM - 11.00AM
  • द फिल्मी वज11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • लोक गित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • खाली समय4.10PM - 4.30PM
  • मार्ग दर्शन (नेपाली महिमको मार्ग)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • पुराना सदाबहार लोक गितहरु6.15PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • नेपाली राष्ट्रिय गितहरु7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • नेपाली गजल गितहरु9.15PM - 10.00PM
अन्य मुख्य समाचार