News »
रामेछापको मन्थली नगरपालिका ९ बाहुनचुरामा शहरी स्वास्थ्य केन्द्र संचालन

रामेछाप । जेठ २ गते,
रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ९ पुरानागाउँको बाहुनचुरामा शहरी स्वास्थ्य केन्द्र संचालनमा आएको छ । वडा नम्बर ९ का वडा अध्यक्ष वुद्धीबहादुर पुलामी मगरको अध्यक्षतामा भएको कार्यक्रममा मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले बुधबार शहर स्वास्थ्य केन्द्रको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै नगर प्रमुख बस्नेतले अत्यावश्यक ठाउँमा शहरी स्वास्थ्य केन्द्र संचालन भएको भन्दै खुशी व्यक्त गरे । उनले शहरी स्वास्थ्य केन्द्रलाई प्रभावकारी स्वास्थ्य सेवा सहित संचालन गर्नका लागि मन्थली नगरपालिका हरप्रकारको सहयोग गर्न तयार रहेको बताए । फरक प्रसङगमा बोल्दै नगर प्रमुख बस्नेतले मन्थली नगरपालिका ९ पुरानागाउँ भित्रका बिजुली बत्ति नपुगेका ठाउँमा आगामि एक बर्षभित्र विद्युतीकरण गर्ने प्रतिवद्धता जनाए । उनले जिल्लाकै चुनौतीका रुपमा रहेको रुइदासे थानापति सडक आयोजनालाई पनि आगामि एक बर्षभित्र सम्पन्न गर्ने प्रतिवद्धता जनाएको पुरानागाउँ स्वास्थ्य चौकीका इन्चार्ज राजकुमार आरणले जानकारी दिए ।
कार्यक्रममा वडा अध्यक्ष वुद्धी बहादुर पुलामी मगरले शहरी स्वास्थ्य केन्द्र संचालन भएपछि बाहुनचुराका नागरिकको स्वास्थ्य सेवा लिन टाढा जानुपर्ने बाध्यता अन्त्य भएको बताए । उनले शहरी स्वास्थ्य केन्द्रलाई प्रभावकारी रुपमा संचालन गर्नका लागि वडा कार्यालयले कुनै कसर बाँकि नराख्ने बताए । कार्यक्रममा मन्थली नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक रामप्रसाद प्रसाई, पुरानागाउँ स्वास्थ्य चौकीका इन्चार्ज राजकुमार आरण, शहरी स्वास्थ्य केन्द्र बाहुनचुराका प्रमुख महेश कुमार श्रेष्ठ लगाएतले बोलेका थिए । आफ्नो गाउँमा सहरी स्वास्थ्य केन्द्र स्थापना भएर सेवा दिन थालेपछि बाहुनचुराका नागरिकहरु खुशी भएका छन् ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • धार्मीक प्रवचन5.00AM - 5.30AM
  • प्रभातकालीन खबर5.30AM - 5.55AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • राष्ट्रिय गीतहरु7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल (उज्यालो)8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • पप गित10.15AM - 11.00AM
  • द फिल्मी वज11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • लोक गित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • खाली समय4.10PM - 4.30PM
  • मार्ग दर्शन (नेपाली महिमको मार्ग)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • पुराना सदाबहार लोक गितहरु6.15PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • नेपाली राष्ट्रिय गितहरु7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • नेपाली गजल गितहरु9.15PM - 10.00PM
अन्य मुख्य समाचार