News »
मन्थली नगरपालिकाको पूर्वयोजना तर्जुमा गोष्ठी सम्पन्न

रामेछाप । जेठ ३ गते,
रामेछापको मन्थली नगरपालिकाको आर्थिक वर्ष २०७५÷०७६ को लागि पूर्वयोजना तर्जुमा गोष्ठी बिहिबार मन्थलीमा सम्पन्न भएको छ । मन्थली नगरपालिकाको आयोजनामा सो गोष्ठी भएको हो । 
मन्थली नगरपालिकाका अध्यक्ष रमेशकुमार बस्नेतको अध्यक्षता तथा जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको गोष्ठीमा नगरप्रमुख रमेश वस्नेतले यस वर्ष नगरपालिकाले सम्पादन गरेका मुख्यमुख्य काम र आगामी आर्थिक वर्षको योजना प्रस्तुत गरेका थिए ।
नगरपालिकाले एक वर्षमा ११ वटा कानुनहरु निर्माण गरेको, जनप्रतिनिधि तथा कर्मचारीहरुको लागि विभिन्न क्षमाता विकासका कार्यक्रमहरु सञ्चालन गरेको, भौतिक पुर्वाधार अन्तर्गत सडक निर्माणका योजनाहरुलाई पहिलो प्राथमिकतामा राखि काम गरिएको बस्नेतले जानकारी दिए । उनले भूकम्पले थिलथिलो भएको नगरमा पूननिर्माणको काम प्रभाभकारी रुपमा अघि बढाईएको, बजार व्यस्थापन, कृषि, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा उल्लेख्य काम गरिएको जानकारी दिए ।
आगामी वर्ष यस वर्ष बनेका सडकलाई व्यवस्थित गर्ने, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पुर्वाधार निर्माण लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने उनले बताए । वस्नेतले अबका कार्यक्रम आजआर्जन र क्षमता विकासमा केन्द्रित हुने जानकारी दिए ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले नगरपालिकाले बनाएका योजना कार्यन्वयन गर्ने गरी अघि बढ्न  सुझाव दिए । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले नगरपालिकाले राम्रा योजनाहरु बनाएकाले यसको उचित कार्यान्वयन भए मन्थली नगरपालिकाले काँचुली फेर्ने बताए ।
कार्यक्रममा जिल्ला स्थिति राजनीतिक दलका नेताहरु, पेशागत संस्थाका प्रमुखहरु लगायतले नगरपालिकालाई आमी योजना बनाउन ध्यन दिनु पर्ने विषयमा सुझाव दिएका थिए । कार्यक्रममा मन्थली नगरपालिकाका १४ वटै वडाका वडाअध्यक्षहरु, नगरकार्यपालिका सदस्यहरु, विषयगत कार्यालय, संघसंस्था तथा नागरिक अगुवाहरुको सहभागिता रहेको थियो ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • धार्मीक प्रवचन5.00AM - 5.30AM
  • प्रभातकालीन खबर5.30AM - 5.55AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • राष्ट्रिय गीतहरु7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल (उज्यालो)8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • पप गित10.15AM - 11.00AM
  • द फिल्मी वज11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • लोक गित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • खाली समय4.10PM - 4.30PM
  • मार्ग दर्शन (नेपाली महिमको मार्ग)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • पुराना सदाबहार लोक गितहरु6.15PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • नेपाली राष्ट्रिय गितहरु7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • नेपाली गजल गितहरु9.15PM - 10.00PM
अन्य मुख्य समाचार