News »
रामेछापमा महिला माथिको हिँसा बढ्दो

रामेछाप । जेठ २८ गते
रामेछाप जिल्लामा वर्षेनी महिलामाथि हुने घरेलु हिंसाका घटना वृद्धि हुदै गएको पाइएको छ । इन्सेक समेत आवद्ध रहेको मानवअधिकार संरक्षण सञ्जाल रामेछापको समन्वय तथा मानवअिधकार सञ्चार प्रतिष्ठानको न्यायमा पहुँच परियोजनाको आयोजनामा सोमबार  मन्थलीमा आयोजित एक छलफल कार्यक्रममा सो तथ्य सार्वजनिक गरिएको हो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रामेछापमा प्रहरी निरिक्षक राजकुमार थापाले महिला माथि हुने हिंसाका घटनाहरु बढ्दोरुपमा रहेको बताए ।  उनले चालु आर्थिक बर्षको अहिले सम्म ३४ वटा महिला हिंसाका उजुरी प्रहरीमा आएकोमा २६ वटा मिलापत्र गरिएको र २ वटा अदालत पठाइएको बताए । यसमध्य २ वटा मुद्दाको काम भैरहेको र ४ वटा मुद्दाको पीडित सम्पर्कमा नआएको प्रहरी निरिक्षक थापाको भनाई छ ।
जिल्लामा आर्थिक बर्ष २०७२÷०७३ मा २६ वटा र २०७३÷७४ मा ३४ वटा घरेलु हिंसाको घटना प्रहरीमा आएका थिए । प्रहरी निरिक्षक थापाले रामेछापमा महिला तथा बालबालिका हराउनेको सङख्या पनि बढ्दो रहेको बताए । उनले चालु आर्थिक बर्षको हाल सम्म ६२ जना महिला हराएकोमा २२ जना अझै नभेटिएको बताए । १८ जना बालिका हराएकोमा ६ जना फेला पर्न नसकेको उनको भनाई छ । आर्थिक बर्ष २०७२÷०७३ मा २९ जना महिला र ७ जना बालिका हराएका थिए भने  आर्थिक बर्ष २०७३÷७४ मा ५४ जना महिला र ७ जना बालिका हराएका थिए ।
मानव अधिकार संरक्षण संजाल रामेछापका संयोजक पाण्डव प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी जगदिश मिश्रले महिला तथा बालबालिकाको क्षेत्रमा जिल्लामा  मानवअधिकार कर्मी र मानवअधिकार संरक्षण सञ्जालले गरेका कामहरु प्रभावकारी रहेको बताए । उनले महिला तथा बालबालिका माथि हुने हिंसाको तथ्याङकलाई हेर्दा अझै धेरै चेतनामूलक कार्यक्रम गाउँगाउँ लान आवश्यक रहेको बताए ।
महिला तथा बालबालिका कार्यालय रामेछापकी प्रमुख सत्यदेवी अधिकारीले महिला तथा बालबालिका माथि हुने अनेकौ घटनाको न्युनिकरण गर्नका लागि सरोकारवाला सबैको सहभागितामा एउटासमिति बनाउनुपर्ने बताइन् ।  कार्यक्रम आयोजनाको उद्देश्यको बारेमा परियोजना प्रमुख रमेश ढुँगेलले जानकारी गराएका थिए ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » आधुनिक गित
3.15PM - 3.55PM
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • धार्मीक प्रवचन5.00AM - 5.30AM
  • प्रभातकालीन खबर5.30AM - 5.55AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • राष्ट्रिय गीतहरु7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • साझा चौतारी पून प्रशारण8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • पप गित10.15AM - 11.00AM
  • द फिल्मी वज11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • लोक गित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • साथीसँग मनका कुरा4.15PM - 5.00PM
  • मार्ग दर्शन (नेपाली महिमको मार्ग)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • पुराना सदाबहार लोक गितहरु6.15PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • कार्यक्रम शैक्षिक संवाद7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 10.00PM
अन्य मुख्य समाचार