News »
अस्पतालको लागि उपकरण सहयोग

रामेछाप । जेठ २८ गते,
रामेछापको सदरमुकाम मन्थलीमा रहेको तामाकोसी सहकारी अस्पताललाई द लिटल थिङ्स नामको संस्थाले विभिन्न उपकरणहरु सहयोग गरेको छ । संस्थाले इण्डोस्कोपी र इसिजिका मेशिन उपरकरण सहयोग गरेको अस्पतालका निर्देशक डाक्टर सुमन कर्माचार्यले जानकारी दिए । प्रोफेसर डाक्टर सत्यन राजभण्डारीको निर्देशनमा हेक्सेन नेपाल, द लिटिल थिंग्स युकेको आर्थिक तथा सक्रिय सहयोग र धिरज थपलियाको सहयोगबाट ती सामाग्रिहरु अस्पताललाई प्राप्त भएका हुन् । अस्पताललाई इको, इण्डास्कोपी र टिएमटि मेशिन प्राप्त भएको डाक्टर कर्माचार्यले बताए ।
सोमबार सदरमुकाम मन्थलीमा तामाकोसी सहकारी अस्पतालमा आयोजित एक कार्यक्रममा ती उपकरणहरु अस्पताललाई हस्तान्तरण गरिएको हो । उपकरण हस्तान्तरण गरेसँगै सोमबारबाट नै अस्पतालमा इसिजि तथा इण्डोस्कोपी सेवा सञ्चालनमा आएको छ । सेवाको जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर खड्का र मन्थली नगरपालिका प्रमुख रमेश वस्नेतले संयुक्त रुपमा उद्घाटन गरे । कार्यक्रममा बोल्दै खड्काले नयाँ सेवाले स्वास्थ्य सेवामा थप सहयोग पुग्ने बताए । मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले मन्थली नरपालिकालाई शिक्षाको केन्द्रको रुपमा विकसित गर्ने योजना रहेको बताए ।
दातृसंस्थाको तर्फबाट द लिटल थिङ्सका राथले सहयोग गर्न पाउँदा खुसि लागेको बताए । कार्यक्रम तामाकोसी सेवा समितिका अध्यक्ष गुञ्जबहादुर श्रेष्ठको अध्यक्षतामा भएको थियो । सो सेवा हरेक महिनाको अन्तिम शनिबार सञ्चालन गर्ने डाक्टर कर्माचार्यले बताए । ती सेवा सञ्चालनको लागि डा. मधु घिमिरे, डा. भुपेन्द् बस्नेत, डा अरूण मास्के, डा धन बहादुर रानामगर, डा मनोज श्रेष्ठ लगायतका बिशेषज्ञहरूले  सहयोग गर्ने बचन  दिएको कर्माचार्यले बताए ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » आधुनिक गित
3.15PM - 3.55PM
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • धार्मीक प्रवचन5.00AM - 5.30AM
  • प्रभातकालीन खबर5.30AM - 5.55AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • राष्ट्रिय गीतहरु7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • साझा चौतारी पून प्रशारण8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • पप गित10.15AM - 11.00AM
  • द फिल्मी वज11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • लोक गित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • साथीसँग मनका कुरा4.15PM - 5.00PM
  • मार्ग दर्शन (नेपाली महिमको मार्ग)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • पुराना सदाबहार लोक गितहरु6.15PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • कार्यक्रम शैक्षिक संवाद7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 10.00PM
अन्य मुख्य समाचार