News »
रामेछापका उद्योगी व्यवायी आन्दोलित: मंगलबारबाट सामान आयात बन्द, ओखलढुँगामा पनि उपभोग्य सामानको अभाव

रामेछाप । जेठ २९ गते,
रामेछाप जिल्लाका उद्योगी व्यवसायीहरु विपिमार्गमा ढुवानीको साधन गुडाउन रोक लगाएपछि आन्दोलित भएका छन् । व्यवसायीहरुले मंलबारबाट जिल्लामा कुनै पनि सामान नभित्र्याउने निर्णय सहित आन्दोलनमा जाने घोषणा गरेका हन् ।
मंलगबार पत्रकार सम्मेलन गरि रामेछाप उद्योग वाणिज्य संघले जिल्लामा कुनै पनि सामान आयात नगर्ने निर्णय गरेको जानकारी थियो ।
विपिमार्गमा १० टन क्षमता भन्दा माथिका ढुवानीका साधन गुड्न प्रतिवन्ध लगाएपछि व्यवसायीहरुले केही दिन टयक्टरबाट सामान वसारेका थिए । ट्याक्टरबाट सामान ओसार्दा माग अनुसारको सामान आपुर्ति गर्न नसकिएको तथा धेरै साधनहरु सडकमा गुड्दा दुर्घटनाको खतरा अझ बढेकोले सामान ढुवानी बन्द गरिएको संघका कार्यवाहाक अध्यक्ष केशव घिमिरेले जानकारी दिए ।
ढुवानीका साधनमा प्रतिवन्ध लगाएपछि रामेछापमा आउने दैनिक उपभोग्य तथा निर्माण सामाग्रिका अभाव भएको छ । जिल्लामा नुन, तेल लगायतका सामाग्रिहरु समेत अभाव भएको रामेछाप उद्योग वाणिज्य संघका कोषाध्यक्ष पवन कठायतले बताए ।
याताया नखुलेसम्म आन्दोलनका कार्यक्रम जारी रहेन पनि संघले जनाएको छ । सोही कार्यक्रम अन्तर्गत मंगलबार व्यवसायीहरुले मन्थली बजारमा विरोध जुलुश आयोजना गरेका थिए । यसैगरी बुधबार विहान ९ बजेदेखि ११ बजेसम्म व्यवसाय बन्द गर्ने, विहिबार बाइकमा सामान बोकेर साँकेतिक विरोध गर्ने, शुक्रबार डोकोमा सामान बोकेर प्रदर्शन गर्ने तथा शनिबार सिठी जुलुस गर्ने कार्यक्रम तय भएको संघले जनाएको छ । त्यस पछि अन्य आन्दोलनका कार्यक्रम घोषणा गर्ने कार्यवाहाक अध्यक्ष घिमिरेले जानकारी दिए ।
ढुवानी समस्याले ओखलढुंगामा खाद्यन्नसहित पेट्रोलियम पदार्थको अभाव हुन थालेको छ । खाद्यन्न, खाना पकाउने ग्यासमा मूल्यवृद्धि भएको छ ।  ढुवानीमा अवरोध भएका कारण कारण देखाएर व्यापारीले कालोबजारी गर्न थालेका छन् ।
ग्यासमा एक सय पचास रुपैयाँसम्म मूल्यवृद्धि भएको छ भने ३० केजीको प्याक चामलमा एक सय रुपैैयाँसम्म मूल्य बढेको छ । डिजेल र पेट्रोलको पनि अभाव भएको छ । कटारी घुर्मी सडक बन्द भएपछि यस्तो समस्या आएको हो । ओखलढुंगा मात्र होइन, माथिल्लो सगरमाथाका खोटाङ र सोलुखुम्बुमा पनि खाद्यन्न र पेट्रोलियम पदार्थ अभाव हुन थालेको छ ।
विकल्पका रुपमा रहेको बर्दिबास–सिन्धुली–खुर्कोट सडक खण्डमा पनि मालबहाक ठूला सवारी साधन सञ्चालनमा रोक लगाउन सर्बाेच्च अदालतले अन्तरिम आदेश दिएसँगै ढुवानीका साधन रोकिएपछि व्यपारीले मूल्य बढाउने र लुकाउने काम गरेको उपभोक्ताको गुनासो छ । सिद्धिचरण लोकमार्गको ठाँटी क्षेत्रमा सडक मर्मत तथा स्तरोन्नति गर्ने भन्दै सिधा सवारी सञ्चालनमा रोक लगाइएपछि व्यवसायीहरुले विपी राजमार्गलाई विकल्पका रुपमा प्रयोग गरेर सामान ढुवानी गरिरहेका थिए । सामान आयात ठप्प भएसँगै बजारमा ग्राहकको माग अनुसारको सामाग्री उपलब्ध हुन छाडेको उद्योग वाणिज्य संघ ओखलढुंगाका कार्यालय सचिव नवराज दाहालले बताए ।  ओखलढुंगा, खोटाङ्ग र सोलुखुम्बुका लागि आवश्यक सामान ढुवानी गर्न सिद्धिचरण लोकमार्ग र विपी राजमार्गको विकल्प छैन ।

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » आधुनिक गित
3.15PM - 3.55PM
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • धार्मीक प्रवचन5.00AM - 5.30AM
  • प्रभातकालीन खबर5.30AM - 5.55AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • राष्ट्रिय गीतहरु7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • साझा चौतारी पून प्रशारण8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • पप गित10.15AM - 11.00AM
  • द फिल्मी वज11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • लोक गित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • साथीसँग मनका कुरा4.15PM - 5.00PM
  • मार्ग दर्शन (नेपाली महिमको मार्ग)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • पुराना सदाबहार लोक गितहरु6.15PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • कार्यक्रम शैक्षिक संवाद7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 10.00PM
अन्य मुख्य समाचार