News »
सुचनाको हक सम्बन्धि ऐन संरक्षण, सम्बर्धन , प्रवर्धन र प्रचलन विषयक अन्तरक्रिया कार्यक्रम

 

रामेछाप, जेठ ३० गते

सुचनाको हक सम्बन्धि ऐन संरक्षण, सम्बर्धन , प्रवर्धन र प्रचलन विषयक अन्तरक्रिया कार्यक्रम बुधबार रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको छ । राष्ट्रिय सुचना आयोगसंगको सहकार्य तथा नेपाल पत्रकार महासंघ रामेछापको आयोजना र मानवअधिकार सचेतना विकास केन्द्र (हुराडेक) दोलखाको सिएसम्याप परियोजनाको सहआयोजनामा कार्यक्रम भएको हो । 

जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काको प्रमुख आतिथ्यता तथा नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुँगेलको अध्यक्षतामा कायक्रम भएको हो । कार्यक्रममा सहभागिहरुलाई स्वागत गर्दे युएसएडको आर्थिक सहयोग र एफएचआई ३६० तथा हुराडेक दोलखाको सहकार्यमा सञ्चालन भएको सिएसम्यापका जिल्ला कार्यक्रम संयोजक नवराज पथिकले सुचनामा नागरिकको सहज पहुँचका लागि सरोकारवालाको ध्यानाकर्षण गराउन कार्यक्रम आयोजना गरिएको बताए । 

कार्यक्रमका सहभागिले जिल्ला प्रशासन लगायतका सरकारी कार्यालयका वेवसाइडहरु अपडेट नभएको विषय उठाए पछि निमित्त प्रमुख जिल्ला अधिकारी यज्ञप्रसाद शर्माले तत्कालै आप्mनो वेवसाईड अपडेट गर्ने र अन्य कार्यालयका वेवसाईड पनि अपडेट गर्न निर्देशन दिने बताए । उनले सबै कार्यालय तथा स्थानीय तहमा पनि नागरिक वडापत्र राख्न पत्राचार गरेको जानकारी दिए । उनले नागरिकलाई प्रवाह गर्ने सेवा कसरी प्रवाह भई रहेको छ भन्ने बारेमा जिल्ला प्रशासन कार्यालयले कडा अनगुमन गर्ने पनि बताए । 

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर खड्काले सबै स्थानीय तहका बडापत्र राख्न तथा नागरिकलाई सूचना दिन आपूmले निर्देशन गर्ने बताए ।  हुराडेक दोलखाका अध्यक्ष होम पाठकले सुचना महत्वपूण विषय भएको बताए । उनले सूचना दिने र लिनेको चेतनाले यसका प्रचलतमा काम गर्ने बताए । उनले कतिपय निर्वाचित जनप्रतिनिधिलाई समेत आप्mनो निकायलय के काम कसरी गरि रहेको छ भन्ने कुरा थाहा नपाएको विडम्बनापूर्ण अवस्था रहेको बताए । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुँगेलले सुचनाको हक सम्बन्धि ऐनमा भएको व्यवस्था, त्यसको प्रचलन र सुचनाको हकको सम्बर्धन र प्रवर्धनमा सरोकारवालाको भूमिकाको विषमा कार्यपत्र प्रस्तुत गरेका थिए । 

कार्यक्रमको सहभागि बक्ताहरुले नागरिकहरुले अहिले पनि सूचनाको हकको सहज उपयोग गर्न समस्या भएको बताए । सूचनाअधिकारीलाई समेत कार्यालय प्रमुखले सबै सुचना नदिँदा नागरिकले खोजेको सुचना पाउन नसकेको उनीहरुले बताए । कार्यक्रम पत्रकार, नागरिक समाजका अगुवा लगायतको सहभागिता रहेको थियो । 

 

 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » मार्ग दर्शन (नेपाली महिमको मार्ग)
5.00PM - 5.30PM
केहि क्षणमा » न्यू होप
5.30PM - 6.00PM
कार्यक्रम तालिका
  • भजन तथा धार्मीक प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • राष्ट्रिय गित7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • गोजी गोजीमा फोजी (सस्करण)8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • पप गित10.15AM - 11.00AM
  • द फिल्मी वज11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • लोक गित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • खाली समय4.10PM - 4.30PM
  • मार्ग दर्शन (नेपाली महिमको मार्ग)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • रेडियो म्यागेजिन ‘जीविका’7.30PM - 7.45PM
  • विश्व सेरोफेरो7.45PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • पुस्ताको आवाज9.15PM - 10.00PM
अन्य मुख्य समाचार