News »
विपी राजमार्ग विवाद टुङ्गियो, मन्त्रीपरिषदको निर्णय कार्यान्वयन गर्न सर्वाेच्वको आदेश

रामेछाप । असार ३२ गते,
विगत २ महिनादेखी विवादित विपी राजमार्गको विषय टुङ्गिएको छ । आइतबार सर्वोच्च अदालतले मन्त्रीपरिषदको निर्णय कार्यान्वयन हुनेगरी आदेश दिएपछि बिपी राजमार्गमा ठुलो सवारी चल्न दिने( नदिनेबारेको विवाद टुङ्गिएको हो । असार २६, २७ र २८ गते लगातार तीन दिनसम्म इजलाश बसेपनि आइतबारका लागि तोकिएको पेसीमा मात्रै बहस भएको हो । न्यायधिश द्धय मिरा खड्का र इश्वर प्रसाद खतिवडाको संयुक्त इजलासले मन्त्रीस्तरी निर्णय सदर गर्दै बिपी राजमार्गमा ठुला गाडी चलाउन अनुमति दिएको हो । सरकारको निर्णय कार्यान्वयन नगर्न माग गर्दै अधिवक्ता कैलाशराज दाहालले दायर गरेको रिट खारेज गर्दै सर्वोच्चले मन्त्रिपरिषदको निर्णयलाई नै सदर गरेको हो । गत जेठ १४ गते यातायात व्यबस्था मन्त्रालयले विपी राजमार्गको सबै १ सय ५८ किलोमिटरमा सबै खाले सवारी सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।
असार १२ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, रामेछाप उद्योग बाणिज्य संघ, उपभोक्ता हकहित संरक्षण मञ्च, विपी यातायात र धरान न्यू कोशी सुपर यातायातले दाहालले दायर गरेको रिट खारेजीको माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए । सर्वोच्चले सरकारको निर्णय सदर गरेपछि यसअघि सरकारले गत जेठ १४ गते विपी राजमार्ग (बनेपा–सिन्धुली–बर्दिबास) सडक खण्डको सबै १ सय ५८ किलोमिटर भरी ३२ सिट र १६ टन क्षमताका मालबाहक गाडी सञ्चालन गर्न दिने निर्णय नै कार्यान्वयन हुने भएको छ । सर्वाेच्वले मन्त्रीपरिषदको निर्णय कार्यान्वयन हुनेगरी आदेश दिएसंगै रामेछाप , दोलखा , ओखलढंगा लगाएतका जिल्लाका व्यापारी र सर्वसाधारणमा खुशियाली छाएको छ ।

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • धार्मीक प्रवचन5.00AM - 5.30AM
  • प्रभातकालीन खबर5.30AM - 5.55AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • राष्ट्रिय गीतहरु7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल (उज्यालो)8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • पप गित10.15AM - 11.00AM
  • द फिल्मी वज11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • लोक गित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • खाली समय4.10PM - 4.30PM
  • मार्ग दर्शन (नेपाली महिमको मार्ग)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • पुराना सदाबहार लोक गितहरु6.15PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • नेपाली राष्ट्रिय गितहरु7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • नेपाली गजल गितहरु9.15PM - 10.00PM
अन्य मुख्य समाचार