News »
रामेछाप फुलासीका युवाहरु कुखुरा पालन व्यवसायबाट राम्रो आम्दामी गर्दै

रामेछाप । साउन २१ गते,
रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं १३ फुलासीका युवाहरुले व्यवसायिक कुखुरा पालन गरी राम्रो आम्दामी गर्न सफल भएका छन् । फुलासी हर्रेका ४ जना यूवाहरु मिलि कुखुरा पालन गरिरहेका छन् । स्थानीय ओमकार अधिकारी , आशिस अधिकारी , शंकर अधिकारी र प्रदिप अधिकारीले परिक्षणका रुपमा सुरु गरेको कुखुरा पालन अहिले जिल्लाकै ठुलो फर्मको रुपमा परिचित भएको छ ।
उनीहरुले ओम मन्त्र कुखुरा पालन फर्म दर्ता गरी ४ हजार कुखुरा पालिरहेका छन् । सुरुमा एक लाखबाट सुरु गरिएको फार्ममा अहिले १५ लाख लगानी भैसकेको र मासिक ३ लाख रुपैया भन्दा बढि आम्दामी भैरहेको व्यवसायी मध्यका एक ओमकार अधिकारीले जानकारी दिए । उनका अनुसार विदेश गएर आएका र विदेश जान लागेका युवाहरुले रकम संकलन गरी कुखुरा फर्ममा लगानी गरेका हुन् । सो फर्मलाई व्यवस्थित गरी संचालन गर्नका लागि साना किसान कृषि सहकारी संस्था लिमिटेड फुलासीले आर्थिक तथा प्राविधिक सहयोग दिएको संस्थाका अध्यक्ष विष्णु प्रसाद काफ्लेले जानकारी दिए ।
उनीहरुले संचालन गरेको कुखुरा फर्ममा वोइलर , गिरिराज , लेस र लोकल कुखुराहरु पालिएको छ । त्यहा उत्पादन भएको कुखुरा रामेछाप सदरमुकाम मन्थली , देविटार, खिम्ती , दोरम्बा , दोलखाको सदरमुकाम चरिकोट , जिरी लगाएतका बजार केन्द्रमा खपत हुने गरेको छ । हावा पानी मध्यम किसिमको भएकाले फुलासीमा उत्पादन भएका कुखुराको रामेछाप र दोलखाका बजार केन्द्रहरुमा माग बढ्दो छ । उत्पादन गर्न नपाउदै व्यवसायीहरु फर्ममानै कुखुरा लिन आउने गरेको व्यवसायी प्रदिप अधिकारीले बताए ।
आफु दुबाइबाट फर्किएर संचार माध्ययममा प्रसारण भएको कृषि कार्यक्रम हेरेर यो व्यवसायबाट राम्रो आम्दामी लिन सकिन्छ भन्ने जानकारी पाएर आफुले पनि कुखुरा पालनमा रकम लगानी गरेको बताए । यस्तै विदेश जानका लागि भिस्सा लागि सकेका हर्रेका शंकर अधिकारीले पनि विदेश जान जम्मा गरेको एक लाख रकम कुखुरा पालनमै लगानी गरे । अहिले उनले सोहि लगानीबाट मासिक ६० हजार भन्दा बढि आम्दामी गरीरहेका छन् । उनीहरुलाई जिल्ला पशुसेवा कार्यालय रामेछापले विभिन्न समयमा कुखुरा पालन सम्बन्धी आवश्यक प्राविधक तालिमहरु प्रदान गर्ने गरेको छ ।  पछिल्लो समय बढ्दो सहरी करण संगै रामेछाप र दोलखा जिल्लाका बजार केन्द्र्हरुमा नयाँ होटल संचालनमा आइरहेका छन् । ती होटेलहरुमा कुखुराको मासुको माग बढि रहेका कारण यो व्यवसायमा लाग्नेहरुको सङख्या रामेछापमा बढ्दो छ ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » बदलिदो नेपाल (उज्यालो)
8.20AM - 9.00AM
केहि क्षणमा » उज्यालो समाचर
9.00AM - 9.15AM
कार्यक्रम तालिका
  • धार्मीक प्रवचन5.00AM - 5.30AM
  • प्रभातकालीन खबर5.30AM - 5.55AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • राष्ट्रिय गीतहरु7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल (उज्यालो)8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • पप गित10.15AM - 11.00AM
  • द फिल्मी वज11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • लोक गित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • खाली समय4.10PM - 4.30PM
  • मार्ग दर्शन (नेपाली महिमको मार्ग)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • सहकारी सन्देश6.15PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • बाँचे संसार देखिन्छ (टिपिओ नेपाल)7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • बुलबुल9.15PM - 10.00PM
अन्य मुख्य समाचार