News »
एक बर्षदेखी बन्द रामेछापको लाप्चाने इलाका प्रशासन कार्यालय पुनः संचालन हुने

रामेछाप । साउन २२ गते,
रामेछापको उत्तरी भेगका नागरिकहरुलाई स्थानीय स्तरमा नै सेवा प्रवाहको लागि उमाकुण्ड गाउँपालिकाको लाप्चानेमा स्थापना भई बन्द रहेको इलाका प्रशासन कार्यालय पुनः संचालन हुने भएको छ  । आवश्यक कर्मचारीको अभावमा एक बर्ष देखी बन्द रहेको इलाका प्रशासन कार्यालयका लागि गृहमन्त्रालयले कर्मचारीको व्यवस्था गरेपछि फेरी संचालन हुने भएको हो ।  रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले बन्द रहेको इकाला प्रशासन कार्यालय सञ्चालन गर्नको लागि गृह मन्त्रालयले कर्मचारीको व्यवस्था गरेको बताए । उनले मन्त्रालयले आवश्यक कर्मचारीको व्यवस्था गरेकाले  इलाका प्रशासन कार्यालय अबको १५ दिनभित्र फेरी संचालन हुने बताए  । इलाका प्रशासन कार्यालय लाप्चानेमा एक जना अधिकृत, दुई जना नायक सुब्बा, एक सहायक कम्प्युटर प्राविधिक र दुई जना कार्यालय सहयोगीको दरबन्दी रहेको छ । गत बर्षको भदौै ९ गतेबाट उक्त इकाला प्रशासन कार्यालय कर्मचारीको अभावमा बन्द भएको थियो । स्थानीय जनप्रतिनिधिले पटक–पटक सेवा सञ्चालन गर्न माग गरेका थिए । केही समय अघि मात्र रामेछापका प्रतिनिधिसभा सासंद श्यामकुमार श्रेष्ठको नेतृत्वको टोलीले कार्यालय पुनः सञ्चालनको लागि कर्मचारीको व्यवस्था गर्न गृह मन्त्री रामबहादुर थापाको ध्यानाकर्षण समेत गराएका थिए ।
गृहमन्त्री थापाले तत्काल कर्मचारीको व्यवस्था गर्ने प्रतिबद्धता अनुसार उक्त कार्यालयमा कर्मचारी खटाइएको छ । गृह मन्त्रालयले इकाला प्रशासन कार्यालय लाप्चानको लागि सञ्जय अधिकारीलाई कार्यालय प्रमुखको रुपमा जिम्मेवारी तोकेको छ । रामेछापको उत्तरपूर्वी क्षेत्रमा रहेको साविकको ८ वटा गाविसका नागरिकलाई सेवा पुर्याउने उदेश्यले कार्यालय सञ्चालनमा ल्याइएको थियो । तर दुई बर्ष अघि सञ्चालनमा आएको कार्यालयबाट तीन महिना मात्र सेवा प्रवाह भएको थियो । कार्यालयमा सरकारले अधिकृतस्तरको कर्मचारी पठाउन नसक्दा केही समय सञ्चालन हुने र बन्द हुने क्रम चल्दै आएको थियो । एक बर्षदेखि पूर्ण रुपमा उक्त कार्यालयबाट सेवा प्रदान हुन सकेको छैन् । ईलाका प्रशासन कार्यालयले नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी, नाता प्रमाणित लगायतका सेवा प्रदान हुन्छ । कार्यालय बन्द हुँदा यस क्षेत्रका नागरिकहरु नागरिकता बनाउने लगायतको सेवा लिन सदरमुकाम मन्थली धाउन बाँध्य हुदै आएका थिए । ईलाका प्रशासन कार्यालय लाप्चानेबाट जिल्लाका उत्तरपूर्वका तत्कालिन प्रीति, भूजी, गुप्तेश्वर, चुचुरे, गुम्देल, कुभुकास्थली, ठोसे र बाम्तीभण्डारका नागरिकहरुले सेवा लिदै आएका थिए । लाप्चाने आसपासको क्षेत्रबाट सदरमुकाम मन्थली आउनको लागि चार घण्टा गाडीको यात्रा गर्नुपर्छ । पुनः कार्यालय सञ्चालनमा आउने भएपछि यस क्षेत्रका सर्वसाधारण हर्षित भएका छन् ।

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • धार्मीक प्रवचन5.00AM - 5.30AM
  • प्रभातकालीन खबर5.30AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • राष्ट्रिय गितहरु6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • जिवनको मार्ग7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • दविएका आवाजको पुनः प्रशारण8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.10AM
  • लोक मञ्जरी9.10AM - 10.00AM
  • गितको (प्रोमो)10.00AM - 10.15AM
  • द फिल्मी वज10.15AM - 11.00AM
  • कार्यक्रम हाम्रो भाका11.00AM - 12.00PM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • पप/ रिमिक्स गित1.15PM - 2.00PM
  • सुगम संगित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • नेपाली फिल्मको गितहरु3.15PM - 4.00PM
  • तीनलाल खबर4.00PM - 4.15PM
  • खालि समय (गाउ खाने कथा)4.15PM - 5.00PM
  • मुक्तिको मार्ग5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.20PM
  • सहकारी सन्देश6.20PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • SMS संग लोक गित8.30PM - 9.00PM
  • गितको (प्रोमो)9.00PM - 9.15PM
  • बुलबुल9.15PM - 10.00PM
अन्य मुख्य समाचार