News »
भूकम्पले क्षति भएका विद्यालयहरुको पुननिर्माणमा तिव्रता दिन नागरिक संस्थाहरुको माग

रामेछाप । साउन २३ गते,नवराज पथिक,
भूकम्पको कारण क्षति भएका विद्यालयहरुको पुननिर्माणका काममा ढिलाई भएको भन्दै देशभरिका नागरिक समाजका अगुवाहरुले असन्तुष्टि जनाएका छन् । देशमा विभिन्न १७ वटा नागरिक संस्थाका ३४ भन्दा बढी जिल्लामा क्रियाशिल अभियानकर्मीहरुले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै सो असन्तुष्टि जनाएका हुन् । नेपालमा २०७२ साल बैशाख १२ र २९ गते आएको अकल्पनीय र विनाशकारी भूकम्पले   १४ जिल्लाका ८ हजार विद्यालयका २५ हजार कक्षा कोठाहरुमा क्षतिग्रस्त भएका भए पनि विद्यालयको पुननिर्माणको काम आशातित रुपमा अघि नबढेको विज्ञप्तिमा उल्लेख छ ।  भूकम्प प्रभावित १४ जिल्लाका विद्यालयहरु निर्माणको लागि  भारत सरकारले जनाएको प्रतिवद्धता अनुसार काम सुरु नगरेकोमा नागरिक संस्थाहरुले असन्तुष्टि जनाएका छन् ।

भूकम्प गएको तीनवर्षभन्दा पनि बढी समय बिति सक्दा पनि कतिपय राष्टले बनाउने भनेको विद्यालयको निर्माणको प्रक्रिया अघि नबढ्दा बालबालिकाहरुको गुणस्तरीय शिक्षण सिकाइ क्रियाकलाप एवं पठनपाठनमा प्रत्यक्ष प्रभाव परेको नागरिक संस्थाहरुद्वारा जारी विज्ञप्तिा उल्लेख छ ।  साथै,  दातृराष्ट्र, दातृनिकाय तथा नेपाल सरकारकै तर्फबाट निर्माण कार्य अघि बढेका विद्यालयहरुको समेत समयमा नै निर्माणकार्य सम्पन्न नहुँदा पठनपाठन प्रत्यक्ष रुपमा प्रभावित भएको जनाइएको छ ।  विद्यालय निर्माणको कार्यलाई यथाशिघ्र अघि बढाई सहज रुपमा पठनपाठनको वातावरण तयार गर्न नागरिक समाजका संस्थाहरुको तर्फबाट माग एवं ऐक्यवद्धता स्वरुप सम्बन्धित सबै सरोकारवाला  निकायको  ध्यानाकर्षण  गराइएको उल्लेख छ । 

विज्ञप्तिामा मानवअधिकार सचेतन तथा विकास केन्द्र, दोलखा, डेभलेपमेन्ट एक्सचेन्ज सेन्टर (डेक) नेपाल चितवन, सामुदायिक विकास केन्द्र नेपाल नुवाकोट, सोच नेपाल काठमाडौँ, मानवअधिकार संचार प्रतिष्ठान नेपाल काठमाडौँ, सामुदायिक सारथी नेपाल काठमाडौँ, एकीकृत ग्रामीण विकास समाज गुल्मी , एकीकृत ग्रामीण विकास केन्द्र, कपिलवस्तु, मानवअधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र, रुकुम, ग्रामीण महिला उत्थान केन्द्र दाङ , सुन्दर नेपाल सुर्खेत , सञ्जीवनी नेपाल , विकास र परिवर्तनका लागि संचार कैलाली, सुचना र मानवअधिकार अनुसन्धान केन्द्र  बाँके, नेपाल राष्ट्रिय समाजकल्याण संघ, कञ्चनपुर, नेपाल सहभागीमुलक कार्य समुह, काठमाडौं र  मित्र समाज काठमाडौँ र तिनका विभिन्न जिल्लामा काम गर्ने अभियान कर्ताले हस्ताक्षर गरेका छन् ।  रामेछाप जिल्लामा भारतीय दुतावास मार्फत निर्माण हुने भनिएका अति प्रभावित विद्यालयहरुको निर्माणकार्य सुरु भएको छैन भने अन्य निर्माण भई रहेका विद्यालयको काम समेत आशातित रुपमा अघि बढ्न सकेको छैन ।

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » नेपाली गित
8.00AM - 8.20AM
केहि क्षणमा » बदलिदो नेपाल (उज्यालो)
8.20AM - 9.00AM
कार्यक्रम तालिका
  • धार्मीक प्रवचन5.00AM - 5.30AM
  • प्रभातकालीन खबर5.30AM - 5.55AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • राष्ट्रिय गीतहरु7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल (उज्यालो)8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • पप गित10.15AM - 11.00AM
  • द फिल्मी वज11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • लोक गित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • खाली समय4.10PM - 4.30PM
  • मार्ग दर्शन (नेपाली महिमको मार्ग)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • सहकारी सन्देश6.15PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • बाँचे संसार देखिन्छ (टिपिओ नेपाल)7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • बुलबुल9.15PM - 10.00PM
अन्य मुख्य समाचार