News »
रामेछापमा ट्राफिक व्यवस्थापनमा कडाई , दैनिक ५० हजार बढि राजश्व संकलन

रामेछाप । साउन २४ गते,
रामेछाप जिल्लामा सम्भावित दुर्घटनालाई मध्यनजर गरी ट्राफिक व्यवस्थापनमा कडाई गरिएको छ ।  जिल्लामा सवारी दुर्घटना हुन नदिन जिल्ला ट्राफिक कार्यालय रामेछाप संगै मन्थली नगरपालिका , मन्थली नगरपालिका वडा नम्बर एकको कार्यालय र तामाकोसी ढुवानी सेवा समिति पनि लागि परेका छन् । सवारी जोखिमतालाई मध्यनजर गरी नगरपालिका , वडा कार्यालयको सहयोगमा कारवाही र चेतनामूलक कार्यक्रमलाई तिव्रता दिएको  जिल्ला ट्राफिक कार्यालय रामेछापका प्रमुख असई रामेश्वर पाण्डेले जानकारी दिए । उनले सवारी अनुमती पत्र र ब्लु बुक विना सवारी चलाउने र  मापसे लगाएतका चेकजाँचमा पनि कडाई गरिएको बताए । बजार क्षेत्रमा कुनैपनि ढुवानी तथा सवारी साधन २० भन्दा बढि गतिमा संचालन गरे तत्काल कारवाही गर्ने उनको भनाई छ ।
जिल्लाको बजार क्षेत्रहरुमा ट्राफिक व्यवस्थापनमा कडाई गरे संगै ट्राफिक नियम विपरित संचालन भएका सवारी तथा ढुवानीका साधन कारवाही बाट ३ गुणाले राजश्व संकलनमा वृद्धि भएको जिल्ला ट्राफिक कार्यालय प्रमुख पाण्डेले बताए । उनले अहिले यस्ता सवारी तथा ढुवानी साधन कारवाहीबाट दैनिक ५० हजार बढि राजश्व संकलन भैरहेको बताए ।
दैनिक ६ सय भन्दा बढि ढुवानी तथा सवारी साधन गुड्ने रामेछापमा ट्राफिक नियम सम्बन्धी चेतनामूलक अभियान संगै ट्राफिक व्यवस्थामा अझ कडाई गर्दै जाने उनको भनाई छ । ट्राफिक नियमलाई अटेर गर्ने जो कोहीलाई पनि छुट नहुने उनले चेतावनी दिए । अहिले मन्थली लगाएत जिल्लाको बजार क्षेत्रमा रहेका पुराना ट्राफिक नियम सम्बन्धी बोर्डहरु पविर्तन गरिएको  छ भने बजार आसपासका सडकहरुमा पनि विभिन्न चेतनामूलक बोर्ड ट्राफिक चिन्हहरु राखिएको र मन्थली बजारको १८ स्थानमा अधिकतम गति २० र यात्रु ओराल्ने र चढाउने अधिकतम समय १० मिनेट लेखिएको बोर्डहरु राखिएको छ । जसका कारण अहिले ढुवानी तथा सवारी चालकहरुलाई समेत निकै सजिलो भएको तामाकोशी ढुवानी सेवा समितिका अध्यक्ष नविन कार्कीले बताए  ।
उनले जिल्लाको बजार क्षेत्रमा गरिएको कडा ट्राफिक व्यवस्थापनले सम्भावित दुर्घटनालाई कम गरेको बताए । अहिले बजार क्षेत्रमा जुनसुकै सवारी तथा ढुवानीका साधनहरुको गति सिमित भएकाले चालकहरुलाई सहज भएको उनको भनाई छ ।  रामेछापमा आर्थिक बर्ष २०७४÷०७५ मा  ट्राफिक नियम उलङघन गर्ने ९ हजार ७ सय ८६ सवारी तथा ढुवानीका साधन कारवाहीमा परेका थिए । ट्राफिक नियम विपरित संचालन भएका यी साधन कारवाहीबाट ७४ लाख १२ हजार ५ सय रुपैया राजश्व शंकलन भएको थियो ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • धार्मीक प्रवचन5.00AM - 5.30AM
  • प्रभातकालीन खबर5.30AM - 5.55AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • राष्ट्रिय गीतहरु7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल (उज्यालो)8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • पप गित10.15AM - 11.00AM
  • द फिल्मी वज11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • लोक गित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • खाली समय4.10PM - 4.30PM
  • बाल गित5.00PM - 5.15PM
  • मार्ग दर्शन (नेपाली महिमको मार्ग)5.15PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • म पनि गाउँछु7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • श्रृती संवेग9.15PM - 10.00PM
अन्य मुख्य समाचार