News »
रामेछापमा नेकपाको एक सय ३५ सदस्यीय जिल्ला कमिटी बन्ने

रामेछाप । साउन २५ गते,
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को रामेछापमा  एक सय ३५ सदस्सिय जिल्ला कमिटी बन्ने भएको छ । रामेछापका केन्द्रीय सदस्य,दुवै पार्टीका पूर्व जिल्ला इन्चार्ज, पूर्व जिल्ला अध्यक्षहरुबीच भएको छलफलले सो सहमति जुटाएको हो । नेकपाका केन्द्रीय सदस्य माधव ढुङ्गेलले जिल्ला कमिटीमा रहने सदस्यको संख्या र पालिकाको नेतृत्व कसले गर्ने भन्ने बिषयमा सहमति जुटेको जानकारी दिए । उनका अनुसार कमिटीमा पूर्व एमालेबाट ६९ र पूर्व माओवादीबाट ६६ जना सदस्य रहने छन् ।
केन्द्रीय सदस्यहरु देवशकंर पौडेल, श्यामकुमार श्रेष्ठ, कैलाश ढुंगेल, माधव ढुंगेल, कमल चौलागाई, युवराज चौलागाइ, पूर्व एमालेका जिल्ला अध्यक्ष शान्ति प्रसाद पौडेल, माओवादी केन्द्रका पूर्व जिल्ला इन्चार्ज धावा लामा, पूर्व जिल्ला संयोजक मैनकुमार मोक्तानसहित बसेको बैठकले सख्या बाँडफाडमा सहमति जुटाएको हो ।  रामेछापका ८ वटा स्थानीय तहमा नेतृत्व गर्ने विषय पनि टुंगो लागेको  छ ।  सहमति अनुसार मन्थली नगरपालीका, उमाकुण्ड, गोकुलगंगा, लिखु तामाकोसी र खाँडादेवी गाउँपालिकामा तत्कालिन एमालेले नेतृत्व गर्नेछ ।
त्यसैगरी रामेछाप नगरपालिका, सुनापति र दोरम्बा गाउँपालिकामा तत्कालिन माओवादी केन्द्रले नेतृत्व गर्नेछ । रामेछापको विभिन्न वडामा निर्वाचनको क्रममा जितेको पार्टीहरुले नै नेतृत्व गर्ने र कांग्रेसले जितको वडामा बराबरी नेतृत्व लिने गरी सहमति भएको छ । पूर्व एमालेले नेतृत्व र ५५ प्रतिशत सदस्य लिएको पालिकाहरुमा पूर्व माओवादी केन्द्रले सचिव र ४५ प्रतिशत सदस्य पाउने छ । पूर्व माओवादी केन्द्रले नेतृत्व र ५५ प्रतिशत सदस्य लिएको ठाउँमा एमालेले सचिव र ४५ प्रतिशत सदस्य पाउने पनि सहमति भएको छ ।

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » नेपाली गित
8.00AM - 8.20AM
केहि क्षणमा » बदलिदो नेपाल (उज्यालो)
8.20AM - 9.00AM
कार्यक्रम तालिका
  • धार्मीक प्रवचन5.00AM - 5.30AM
  • प्रभातकालीन खबर5.30AM - 5.55AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • राष्ट्रिय गीतहरु7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल (उज्यालो)8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • पप गित10.15AM - 11.00AM
  • द फिल्मी वज11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • लोक गित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • खाली समय4.10PM - 4.30PM
  • मार्ग दर्शन (नेपाली महिमको मार्ग)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • सहकारी सन्देश6.15PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • बाँचे संसार देखिन्छ (टिपिओ नेपाल)7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • बुलबुल9.15PM - 10.00PM
अन्य मुख्य समाचार