News »
दुध बेचेर कोक खाने परम्परा रहेसम्म नेपाली संस्कृति संरक्षण नहुने मन्त्री ढुँगेलको भनाई

रामेछाप । भदौ ८ गते ,
प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुँगेलले दुध बेचेर कोक खाने परम्परा रहेसम्म नेपाली संस्कृतिको संरक्षण नहुने बताएका छन् ।  शुक्रबारबाट  रामेछापको सदरमुकाम मन्थलीमा सुरु भएको वृहत रामेछाप सांस्कृतिक, तथा कला साहित्य सम्मेलनको उद्घाटन गर्दै मन्त्री ढुँगेलले मोही कुँडोमा खन्याउने अनि दुध बेचेर कोकाकोला र ड्यु किनेर खाने परम्पराले संस्कार नजोगिने बताए । कार्यक्रममा बोल्दै मन्त्री ढुँगेलले देशको कला र संस्कृति जोगाउन व्यक्ति व्यक्ति लाग्नु पर्ने बताए । यो कसैले एक दिन गरेर हुने कुरा नभएकोले हरेक व्यत्तिले दैनिक व्यवहारमा उतार्नु पर्ने ढुँगेलले बताए ।  पछिल्लो समय नेपालमा पुर्विय संस्कार हराउदै गएकोमा उनले चिन्ता व्यक्त गरे । आदर, सम्मान, सत्कार, मायाँ प्रेम, सद्भाव राख्ने पूर्विय संस्कार भएको बताउँदै ढुँगेलले यो हराउँदै गएकोमा चिन्ता व्यक्त गरे । उनले संस्कार सिकाउन घरैबाट सुरु गर्नु पर्नेमा जोड दिए ।

मन्त्री ढुँगेलले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी लगायतका आधारभूत पूर्वाधारहरु वर्तमान सरकारको पहिलो प्राथमिकताको क्षेत्रमा रहेको बताए । उनले गुणस्तरीय र प्राविधिक शिक्षा दिने विद्यालयहरु गाउँमानै सञ्चालनमा आउने बताए । रामेछाप जिल्लाका हरेक गाउँ सडक सञ्जालमा जोडिने बताउँदै ढुँगेलले स्वास्थ्य सेवालाई नागरिककको पहुँचमा पुर्याउने बताए । मन्त्री ढुँगेलले भूकम्पको कारण भक्तिएका विद्यालहरुको पूननिर्माणमा भएको सुस्ताताको विषयमा आप्mनो गम्भिर ध्यानाकर्षण भएको पनि बताए । मानवअधिकार संरक्षण सञ्जाल (शिक्षा सञ्जाल ) रामेछापले विद्यालय भनवको पूननिर्माणमा भएको ढिलाईको विषयमा बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै मन्त्री ढुँगेलले यस विषयमा आफू गम्भिर भएर लाग्ने बताए । रामेछापमा भारतीय दुतावासले निर्माण गर्ने भनिएका विद्यालयहरुको निर्माणको काम नै सुरु नभएको तथा अन्य विद्यालहरुको काम पनि सुस्त गतिमा अघि बढेको भन्दै मन्त्रीको ध्यानाकषर्ण गराईएको थियो ।  रामेछापका सबै स्थानीय तहहरु आयोजक रहेको सो सम्मेलनमा विभिन्न जातजातिका झाँकिहरु प्रदर्शन गरिनुका साथै साहित्यिक र सांगितिक प्रदर्शन समेत गरिएको छ । कार्यक्रममा रेडियो तीनलाल एफएमलाई पनि सम्मानित गरिएको थियो । 
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » बाँचे संसार देखिन्छ (टिपिओ नेपाल)
7.30PM - 8.00PM
केहि क्षणमा » नेपाल दर्पण ( उज्यालो )
8.00PM - 8.30PM
कार्यक्रम तालिका
  • धार्मीक प्रवचन5.00AM - 5.30AM
  • प्रभातकालीन खबर5.30AM - 5.55AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • राष्ट्रिय गीतहरु7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल (उज्यालो)8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • पप गित10.15AM - 11.00AM
  • द फिल्मी वज11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • लोक गित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • खाली समय4.10PM - 4.30PM
  • मार्ग दर्शन (नेपाली महिमको मार्ग)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • सहकारी सन्देश6.15PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • बाँचे संसार देखिन्छ (टिपिओ नेपाल)7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • बुलबुल9.15PM - 10.00PM
अन्य मुख्य समाचार