News »
सबै प्रमाण नष्ट गरेर वेपत्ता आयोगलाई काम गर्न लगाईएको आयुक्त पाठकको आरोप

रामेछाप । भदौ ८ गते,
वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका आयुक्त एवं प्रवक्ता प्राध्यापक डाक्टर विष्णु पाठकले सरकारले वेपत्ता पारिएका व्यक्तिहरुका सबै प्रमाण नष्ट गरेर आयोगलाई छानविनको काम जिम्मा लगाएको आरोप लगाएका छन् । रामेछापको सदरमुकाम मन्थलीमा आयोगले आयोजना गरको वेपत्ता पारिएकाहरुका आफन्त तथा सरोकारवालाहरुसँगको छलफल कार्यक्रममा पाठकले सो कुरा बताएका हुन् । प्रवक्ता पाठकले द्वन्द्वको बेलामा शक्तिमा भएकाहरुको नेपालको राजनीतिमा हालिमुहाली हुँदासम्म पीडितले न्याय पाउने कुरा जटिल भए पनि आयोगले सत्य तथ्य भने सार्वजनिक गरेरै छाड्ने बताए ।

उनले देशभरिबाट ३ हजार भन्दाबढि वेपत्ता पारिएको भन्ने उजुरी आयोगमा आएको भदै अयोगले हालसम्म ४ वटा काम सम्पन्न गरेको बताए । आयोगले देशभरिबाट उजुरी लिने र उजुरी माथि प्रारम्भिक कारबाही गर्ने काम पुरा गरि सकेको उनले बताए । पाठकले अब आयोग उजुरी माथि विस्तृत छानविनमा लागेको प्रष्ट पारे । हालसम्म आयोगले तथ्य संकलनको काम नै गरि रहेकोले काम नगरेको जस्तो देखिए पनि धेरै काम भई सकेको उनले बताए । उनले आयोगलाई असफल बनाएर केही गर्ने सकेन भनि दोष थुपार्नेको लागि ठूलो शक्ति लागेको पनि दावि गरे ।  कार्यक्रममा वेपत्ता पारिएका परिवारका आफन्तहरुले आफन्तहरु मरे बाँचेको पत्ता लगाई दिन आग्रह गरेका थिए ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » नेपाल दर्पण ( उज्यालो )
8.00PM - 8.30PM
केहि क्षणमा » एसएमएस संग लोकगित
8.30PM - 9.00PM
कार्यक्रम तालिका
  • धार्मीक प्रवचन5.00AM - 5.30AM
  • प्रभातकालीन खबर5.30AM - 5.55AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • राष्ट्रिय गीतहरु7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल (उज्यालो)8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • पप गित10.15AM - 11.00AM
  • द फिल्मी वज11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • लोक गित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • खाली समय4.10PM - 4.30PM
  • मार्ग दर्शन (नेपाली महिमको मार्ग)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • सहकारी सन्देश6.15PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • बाँचे संसार देखिन्छ (टिपिओ नेपाल)7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • बुलबुल9.15PM - 10.00PM
अन्य मुख्य समाचार