News »
सरकारले आवश्यक कानून् दिन नसक्दा समस्या भयो : नगर प्रमुख बस्नेत

रामेछाप । भदौ ९ गते,
रामेछापको मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले केन्द्र र प्रदेश सरकारले अझै आवश्यक कानुन् दिन नसक्दा समस्या भएको बताएका छन् । सरकाले कानून् मात्रै नभै स्थानीय तहलाई आवश्यक कर्मचारी समेत पठाउन नसक्दा स्थानीय तहलाई काम गर्न अप्ठ्यारो भएको उनको भनाई छ ।
शनिबार सदरमुकाम मन्थलीमा आयोजित समता मञ्च नेपालको तेस्रो साधारण सभा तथा प्रथम अधिवेशनमा बोल्दै नगरप्रमुख बस्नेतले यस्तो बताएका हुन् । केन्द्र , प्रदेश र स्थानीय तहलाई आवश्यक भौतिक संरचनाहरुको अभावका कारण नगरपालिकाले सोचेअनुरुप काम गर्न नसकेको नगरप्रमुख बस्नेतको भनाई छ । नगरप्रमुख भएको १६ महिना बितिसक्दा पनि आफुले नागरिकको अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै उनले चिन्ता व्यक्त गरे ।
उनले मन्थली नगपालिकाको १६ महिनाको उपलब्धी शुन्य जस्तै भएपनि निराश नभै नागरिकको अपेक्षा अनुसार काम गर्न निरन्तर रुपमा लागि पर्ने प्रतिवद्धता जनाए  । उनले नेपालको संविधानले ऐन र कानूनका रुपमा विभेदको अन्त्य गरेको भएपनि व्यवहारमा विभेद् अन्त्य नभएको बताए । मन्थली नगरपालिकामा हुने जातिय लगायत अन्य विभेद अन्त्यका लागि नरपालिका जस्तोसुकै कदम चाल्न तत्पर रहेको उनको भनाई छ ।
समता मञ्च नेपालका अध्यक्ष कमल बसेलको अध्यक्षतामा भएको कार्यक्रममा मन्थली नगर कार्यपालिका सदस्य उद्व रम्तेल, नेपाल पत्रकार महासंघ रामेछापका सचिव नवराज श्रेष्ठ , गैर सरकारी संस्था महासंघ रामेछापकी लक्ष्मी श्रेष्ठ, नेपाल सुनचादि कला व्यवसायी संघका केन्द्रीय सदस्य आकाश रिजाल , सवल परियोजना रामेछापका वरिष्ठ कार्यक्रम संयोजक दिल बहादुर नेपाली , पहाडी समाज कल्याण केन्द्रका अध्यक्ष रत्न प्रसाद कडेल लगाएतले जिल्लामा हुने जातिय विभेद् अन्त्यका लागि सवै एक हुन आवश्यक रहेको बताए । जिल्लामा  जातिय विभेद हुन नदिन दलित गैर सरकारी संस्था लगाएत अन्य संस्थाहरु एक हुन आवश्यक रहेको उनीहरुको भनाई छ । मन्थली नगरपालिका प्रमुख रमेश बस्नेतको प्रमुख आतिथ्यतमा भएको कार्यक्रममा संस्थाकी सचिव वविता वि.कले संस्थाको हालसम्मको प्रगति प्रतिवेदन प्र्रस्तुत गरेकी थिइन् भने संस्थाका उपाध्यक्ष सिताराम लोहारले प्रमुख अतिथि र अतिथिहरुलाई स्वागत गरेका थिए । साधारण सभा तथा प्रथम अधिवेशनले संस्थाको नयाँ नेत्तृत्व पनि चयन गर्ने उपाध्यक्ष सिताराम लोहारले जानकारी दिए ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » नेपाल दर्पण ( उज्यालो )
8.00PM - 8.30PM
केहि क्षणमा » एसएमएस संग लोकगित
8.30PM - 9.00PM
कार्यक्रम तालिका
  • धार्मीक प्रवचन5.00AM - 5.30AM
  • प्रभातकालीन खबर5.30AM - 5.55AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • राष्ट्रिय गीतहरु7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल (उज्यालो)8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • पप गित10.15AM - 11.00AM
  • द फिल्मी वज11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • लोक गित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • खाली समय4.10PM - 4.30PM
  • मार्ग दर्शन (नेपाली महिमको मार्ग)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • सहकारी सन्देश6.15PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • बाँचे संसार देखिन्छ (टिपिओ नेपाल)7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • बुलबुल9.15PM - 10.00PM
अन्य मुख्य समाचार