News »
खिम्तीमा अवरुद्ध सडक नखुल्दा २ वटा गाउँपालिका सडकको सदरमुकामसंगको सडक सञ्जाल टुट्यो

रामेछाप । भदौ १० गते,
रामेछापको लिखु तामाकोसी गाउँपालिका र गोकुलगंगा गाउँपालिकाको सिमानमा पर्ने छतिवने खोलामा खिम्ति र छतिउन खोलाले बगाएको सडक मर्मत नहुँदा २ वटा गाउँपालिकाको सदरमुकाम मन्थलीसंगको यातायात सम्पर्क टुटेको छ । सडक बगाउँदा गोकुलगंगा र उमाकुण्ड गाउँपालिकामा आउजाउ जर्ने सर्वसाधारणलाई सास्ति भएको छ ।
मन्थलीबाट खिम्ति हुँदै गोकुलगंगा र उमाकुण्डसम्म जाने सडकको खिम्ति नजिकै खिम्ती र छतिवन खोलामा खोलाले सडक बगाएपछि सो ठाउँमा सडक अवरुद्ध छ । विग्रिएको सडक मर्मतको लागि शनिबार खिम्तिबाट डोजर गएको भने पनि सडक मर्मतको क्रममा खिम्ती खोलाले बगाएर डोजर पल्टिएपछि निर्माण कार्य रोकिएको छ । सो सकडको थप मर्मत कार्य अघि बढ्न नसकेको स्थानीय पुरुषोत्तम कँडरियाले जानकारी दिए ।
सो सडक मर्मतको लागि लिखु तामाकोसी गाउँपालिकाको खम्ति र गोकुलगंगाको फर्पूले खर्च व्यहोर्ने गरी डोजर लगिएको थियो । गत वर्ष छतिउने खोलामा आएको बाढीले सो स्थानमा बनाइएको छतिउन खोलाको पक्कि पुल र सडक समेत बगाएको थियो । सो स्थानमा अस्थाई रुपमा बनाएको बाटो यस वर्ष पुन खोलाले बगाएको छ ।
बाटो बन्द हुँदा, फर्पू, नामाडी ,बेताली, रस्नालु, ठोसे, चुचुरे, प्रिति लगायतका स्थानमा जान यातायात सेवा रोकिएको छ । ती स्थानमा जाने सर्वसाधारणहरु अहिले दोलखाको जिरी हुँदै सदरमुकाम र काठमाडौँ तथा तराईसमम आउजाउ गरी रहेका छन् ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » नेपाल दर्पण ( उज्यालो )
8.00PM - 8.30PM
केहि क्षणमा » एसएमएस संग लोकगित
8.30PM - 9.00PM
कार्यक्रम तालिका
  • धार्मीक प्रवचन5.00AM - 5.30AM
  • प्रभातकालीन खबर5.30AM - 5.55AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • राष्ट्रिय गीतहरु7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल (उज्यालो)8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • पप गित10.15AM - 11.00AM
  • द फिल्मी वज11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • लोक गित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • खाली समय4.10PM - 4.30PM
  • मार्ग दर्शन (नेपाली महिमको मार्ग)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • सहकारी सन्देश6.15PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • बाँचे संसार देखिन्छ (टिपिओ नेपाल)7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • बुलबुल9.15PM - 10.00PM
अन्य मुख्य समाचार