सिन्धुलीमा ट्याक्टरबाट खसेर एक युवकको मृत्यु

सिन्धुलि । कार्तिक १२ गते,
सिन्धुलिको गोलन्जोर गाउँपालिकामा गुडिरहेको ट्याक्टरबाट खसि सोमबार बिहान एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोलन्जोर गाउँपालिका वडा नम्वर .४ बस्ने बर्ष १७ को मनिष राक्से ठकुर रहेका छन् । मध्य पहाडी लोकमार्गको सुलि भन्ज्याङ बाट देउरालि तर्फ जादै गरेको ना. ६ त.४७६४ नम्बरको गुडिरहेको ट्याक्टर बाट खसि टायरले किचि ठकुरी को घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । धटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस