रामेछापको शिवालयमा ३० मिटर अग्लो भ्यु टावर बन्ने

रामेछाप । कार्तिक १५ गते,
आन्तरिक एवं बाह्य पर्यटकहरुलाई आकर्षित गर्ने उदेश्यको साथ रामेछापको गोकुलगंगा गाउँपालिकाको शिवालयमा भ्यु टावर निर्माण हुने भएको छ । शिवालय सहित प्रदेश नम्बर ३ का १० पर्यटकीय क्षेत्रमा भ्यु टावर निर्माण हुन लागेको हो । नेपालको पर्यटकीय स्थललाई प्रचार प्रसार गर्ने र त्यसमार्फत आर्थिक उपार्जन गर्नै उदेश्यले प्रदेश ३ सरकारले नेपालमा नै पहिलो पटक पहाडी क्षेत्रहरुमा भ्यु टावर निर्माण गर्न लागेको छ । प्रदेश ३ सरकारको गौरवको योजनाको रुपमा पहाडी क्षेत्रका हिल स्टेशन निर्माण गर्न सुरु गरेको हो । रामेछापका प्रदेश सभा १ का सांसद शान्ति पौडेलले आन्तरिक एवं बाह्य पर्यटकहरुलाई आकर्षित गर्ने उदेश्यको साथ शिवालयमा भ्यु टावर निर्माण गर्न लागिएको बताए । गोकुलगंगा गाउँपालिका वडा नम्बर १ चुचुरे र वडा नम्बर २ ठोसको सीमाना शिवालयमा भ्यु टावर निर्माण गर्न लागिएको जानकारी दिदै उहाँले भ्यु टावर निर्माण मार्फत यस क्षेत्रको आर्थिक अवस्थामा परिवर्तन ल्याउन सकिने विश्वास व्यक्त गरे ।
समुद्री सतहबाट करिब १८ सय मिटर उचाइमा रहेको शिवालय धार्मिक पर्यटकीय क्षेत्रको रुपमा आफ्नो पहिचान बनाउदै आएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा प्रवेशद्धाराको मुख्य मार्ग रहेको शिवालयबाट दोलखाको गौरीशकंर लगायतको हिमालको दृष्यावलोकन गर्न सकिन्छ । शिवालय गौरीशकंर संरक्षित क्षेत्रभित्र सुचिकृत छ । शिवालय हुँदै पाँच पोखरी जट्टा पोखरी जाने मार्ग भएकाले पनि शिवालयमा भ्यु टावर निर्माणले आर्य आर्जनमा समेत टेवा दिने सांसद पौडेलले बताए  । उनका अनुसार भ्यु टावर करिब २४ देखि तीस मिटरको हुनेछ । हिल स्टेशनमार्फत हिमाली क्षेत्रको अवलोकन, हिउँ खेल्न, निजी क्षेत्रलाई सहभागिता गराएर रिसोर्ट सञ्चालन गर्नै लगायतका गतिविधि हुने पौडेललेले भनाइ छ । भ्यु टावरमा आर्कषक बगैचा, कोशेली घर, सामुदायिक लज, मनोरञ्जन घर, निजी रिसोर्ट लगायतका भौतिक संरचना आधारभूतमा रहने गरी डिजाइन गर्न लागिएको छ ।

 

प्रतिकृया दिनुहोस