सरकारले ठुलठुला घटनालाई ढाकछोप गरिरहेको कांग्रेस नेता राणाको आरोप

रामेछाप । कार्तिक २६ गते,
नेपाली कांग्रेसका युवा नेता उदय शमसेर राणाले वर्तमान सरकारले ठुला ठुला घटनाहरुको ढाकछोप गरिरहेको आरोप लगाएका छन् । बलत्कार पछि हत्या गरिएकी कन्चनपुरकी निर्मला पन्तको घटनामा सरकारले केहि गर्न नसक्नु यसको उदाहरण भएको उनको भनाई छ । सोमबार रामेछापको सदरमुकाम मन्थलीमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता सँगको भेटघाटमा क्रममा उनले पन्त घटनाको छानबिन समितिले दिएको प्रतिबेदन तत्काल सार्वजनिक नगर्नु, पीडित पक्षका गुनासो नसुन्नु लगायतका बिषयले सरकारनै यसको दोषी रहेको बताए ।  
पुर्व अर्थराज्यमन्त्री समेत रहेका नेता राणाले दुई तिहाइको दम्भमा रहेको संघिय  सरकारले प्रदेशमा रहेका आफ्नै पार्टीका मुख्य मन्त्रीलाई समेत एउटा कार्यकर्ता र जनप्रतिनिधिको रुपमा मात्रै लिनुले संघियतालाई खतरामा पार्ने खेलमा सरकार आफै लागेको आरोप पनि लगाए ।  कम्युनिष्ट सरकारले देखाएको यस्तो किसिमको हर्कतालाई काग्रेसले टुलुटुलु हेरेर नबस्ने भन्दै  हाल सम्म  गरिरहेको गलत कामको परिणाम सरकारले चाँडै देख्ने बताए ।  उनले फरक प्रसंगमा नेपाली काग्रेसले गत निर्वाचनमा भोग्नु परेको पराजयलाई केन्द्रीय  नेतृत्वलाई  मात्रै दोष दिन नमिल्ने बताउँदै  जिल्ला स्तरको नेता तथा कार्यकर्ताले पनि जिम्मेवरारी लिनुपर्ने बताए । 

प्रतिकृया दिनुहोस