रामेछापमा मानवअधिकारको अवस्थाका बारेमा सरोकारवालाबिच छलफल

रामेछाप । कात्तिक २८ गते
रामेछाप जिल्लाको मानवअधिकारको अवस्थाका बारेमा सरोकारवलाबिच बुधवार छलफल भएको छ । मानवअधिकार संरक्षण सञ्जाल रामेछापले सदरमुकाम मन्थलीमा जिल्लाको मानवअधिकारका बारेमा छलफल  गरेको हो ।
अनौपचारिक सेवा केन्द्र (इन्सेक) केन्द्रिय कार्यालयका भार्गव काफ्ले र प्रदेश नं ३ कार्यालयका  गणेश भण्डारीको समेत उपस्थितीमा जिल्लाको मानवअधिकारका बारेमा छलफल भएको हो । कार्यक्रममा मानव अधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाई र इन्सेक रामेछापका प्रतिनिधि नबराज पथिकले जिल्लामा अहिलेसम्म संञ्जालले गरेका महत्वपुर्ण कामका बारेमा जानकारी गराएका थिए ।
उनीहरुले जिल्लाको शिक्षा , स्वास्थ्य , खाद्य अधिकार र भूकम्पपछिको पुननिर्माणका सवाल लगायत समसामहिक विभिन्न समयमा सरोकारवाला बिच छलफल गरी सरोकारवाला निकायलाई खबरदारी गर्ने काम संञ्जालले गरेको बताए । कार्यक्रममा सहभागी कानुनु व्यवसायीहरु, पत्रकार लगाएतले जिल्ला घटेका विभिन्न घटनाहरुबाट पीडितहरुले उपयुक्त न्याय नपाउँदा न्यायीक निकायप्रति विश्वसनियता कम हुँदै गएको बताएका थिए ।
जिल्लामा घटेका घटनालाई लिएर पीडितहरुले आन्दोलननै गर्दा पनि सम्बन्धीत निकायले प्रभावकारी ढंगले काम गर्न नसक्दा समस्या भएको सहभागिहरुको भनाई थियो । कार्यक्रममा बोल्दै ईन्सेकका केन्द्रीय प्रतिनिधि काफ्ले र प्रदेश तीनका प्रतिनिधि भण्डारीले मानवअधिकार संरक्षण संञ्जालले मानवअधिकारकार सवालमा गरेको काम प्रभावकारी भएको भन्दै यो फोरमलाई अझ प्रभावकारी बनाई निरन्तरता दिन आग्रह गरे । उनीहरुले अब प्रदेश र केन्द्रीय स्तरमा पनि यस्तो संञ्जाल बनाएर सहकार्य गरी मानव अधिकारका सवालमा काम गर्ने प्रतिवद्धता समेत जनाए ।
यस अघि इन्सेकको टोलीले रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, प्रहरी नायव उपरिक्षक अमरेन्द्र बहादुर सिँह लगायतलाई भेटि जिल्लाको मानवअधिकारको अवस्थाको बारेमा छलफल गरेको थियो ।

प्रतिकृया दिनुहोस