रामेछाप नगरपालिकामा ५ दिने योग शिविर

रामेछाप । कार्तिक २८ गते,
रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ८ मा पाँच दिने योग शिविर सुरु भएको छ । रामेछाप पतञ्जली योग समिति रामेछापको आयोजनामा गौरीशंकर क्याम्पस हलमा सुरु भएको शिविरको रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरले उद्घाटन गरेका छन् ।
पाँच दिनसम्म चल्ने शिविरमा केन्द्रिय महिला विभागकी प्रमुख अर्चना घिमिरेले प्रशिक्षण दिइरहेको कार्यक्रम संञ्चालक शान्ता पौडेलले जानकारी दिइन्। विभिन्न आसन, श्वासप्रश्वास विधि (प्राणायाम), ध्यान र योग दर्शनको विद्यार्थी र सर्वसाधरणलाई अभ्यास गराइने आयोजकले जनाएको छ ।
उद्घाटनमा  क्याम्पस प्रमुख निर बहादुर कार्की, शिक्षक प्रदिप श्रेष्ठको उपस्थित रहको थियो । शारीरिक, मानसिक, भावनात्मक र आध्यात्मिक स्वास्थ्य सुधारका साथै स्वस्थ रहन योग अभ्यास गर्ने गरिन्छ ।  योग शिविर मंसिर २ गतेसम्म चल्ने छ ।

 

प्रतिकृया दिनुहोस