खाँडादेवी गाउँपालिकाका सामुदायिक विद्यालयहरु अंग्रेजी माध्ययमको पठन पाठनमा लाई जोड दिदै


रामेछाप । कार्तिक ३० गते,
रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकाका सामुदायिक विद्यालयहरु अनिवार्य अंग्रेजी माध्ययमको पठन पाठनको प्रभावकारी कार्यान्वनमा लागेका छ । शिक्षा क्षेत्रको सुधारका लागि गाउँपालिका भरिका सबै सामुदायिक विद्यालयका १ कक्षा देखी ५ कक्षासम्म अनिवार्य अंग्रेजी माध्ययमा पठन पाठन गर्नुपर्ने निर्णयलाई प्रभावकारी कार्यान्वयका लागि सामुदायिक विद्यालयहरु लागि परेका हुन् ।
यसै क्रममा विहिबार गाउँपालिकाको वडा नम्बर ६ माकादुममा रहेको विष्णु जनज्वोती माध्यामिक विद्यालयमा अंग्रेजी माध्यामिक शिक्षा सम्बन्धी तालिम सम्पन्न भएको छ । वडा नम्बर ६ माकादुमका विभिन्न विद्यालयका २२ जना शिक्षकहरुको सहभागिता रहेको तालिलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अन्जान लामाको अध्यक्षता , गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङको प्रमुख आतिथ्यता र युवा परिषदका केन्द्रीय उपाध्यक्ष एवं नेकपाका केन्द्रीय सदस्य माधव ढुंगेलको विशेष आतिथ्यतामा समापन गरिएको हो ।
गाउँपालिकाको निर्णयलाई प्रभावकारी रुपमा कार्यान्वयका लागि अंग्रेजी माध्ययम शिक्षणको आवश्क वाताबरण बनाउनका लागि केन्द्रीत रहेको तालिममा प्रशिक्षक गणेश केसी र प्रमोद केसीले सहजिकरण गरेका थिए । तालिममा सहभागि शिक्षकहरुले यस्ता तालिम निकै प्रभावकारी हुने भन्दै स्थानीय सरकारले यस्ता तालिम निरन्तर संचालन गर्नुपर्ने बताए । उनीहरुले तालिममा सिकेका कुराहरुलाई प्रभावकारी रुपमा कार्यान्वयनमा लैजान प्रतिवद्धता समेत जनाएको प्रशिक्षक प्रमोद केसीले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस