चालु आर्थिक बर्ष भित्र निजि आवास पुनःनिर्माणको काम सकिने अर्थमन्त्री खतिवडाको भनाई


रामेछाप । कार्तिक ३० गते ,
अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक बर्ष भित्रै भूकम्प प्रभावित निजि आवास पुनःनिर्माणको काम सक्ने सरकारको लक्ष्य रहेको बताएका छन् । समयमै पुननिर्माणलाई पुरा गर्न पुननिर्माणको कामलाई सरकार विशेष महत्वका साथ लागि परेको उनको भनाई छ । शुक्रबार रामेछापको मन्थली नगरपालिका वडा नं. ८ गाईखुरामा आवास पुनः निर्माणको अवस्थाको बारेमा स्थलगत निरिक्षणमा आएका मन्त्री खतिवडाले यस्तो बताएका हुन् । मन्त्री खतिवडाले २०७२ सालमा आएको विनाशकारी महाभूकम्पबाट व्यापक क्षेती भएको गाईखुराको पुननिर्माणको अवस्थाका  बारेमा निरिक्षण गरेका छन्। तामाकोसी नदि किनारमा रहेको गाईखुरामा आवास पुनःनिर्माणको कामले अहिले केहि गति लिएको छ । अर्थमन्त्री खतिवडाले पुनःनिर्माणको काममा सहयोग गरेकोमा विश्व बैंकलाई धन्यवात समेत दिए । अर्थमन्त्री खतिवडाले  स्थानीयहरुसंग भेटघाट गरि पुननिर्माणका बारेमा अन्र्तक्रिया समेत गरेका थिए ।
विश्व बैंक दक्षिण  एसिया क्षेत्र हेर्ने उपाध्यक्ष्य मिस्टर हार्ट उइक सेफर सहित प्रतिनिधि सभाका सांसद एवं पूर्वमन्त्री श्याम कुमार श्रेष्ठ, ३ नम्बर प्रदेश सांसद शान्तिप्रसाद पौडेल र रिता माझी सहित जिल्ला स्थित सरकारी कार्यालयका पदाधिकारीहरुले पनि गाईखुरामा भैरहेको पुननिर्माणको अवस्थाका बारेमा निरिक्षण गरेका थिए। पहिलो पटक रामेछाप आएका अर्थमन्त्री खतिवडाले पुननिर्माणको कामलाई सरकारले विशेष महत्वका साथ हेरेको बताए ।

 

प्रतिकृया दिनुहोस