खाँडादेवी बचत तथा ऋण सहकारी संस्थाको आठौँ साधारणसभा सम्पन्न


रामेछाप । मंसिर १ गते,
रामेछापको खाँडादेवी गाउँपालिका ३ भिरपानीमा रहेको खाँडादेवी तथा ऋण सहकारी संस्था लिमिटेडको आठौँ साधारण सभा शनिबार भव्यताका साथ सम्पन्न भएको छ । जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काले एक कार्यक्रमका बिच साधारण सभाकोे उद्घाटन गरेका थिए । सहकारीका अध्यक्ष्य पुस्कर कुमार कार्कीको अध्यक्ष्यतामा भएको कार्यक्रममा खाँडादेवी गाउँपालिकाकी उपाध्यक्ष्य मखमली श्रेष्ठ,वडा नम्बर १ का अध्यक्ष्य विष्णु कुमार श्रेष्ठ, वडा नम्बर ६ का अध्यक्ष्य पुस्कर कार्की, वडा नम्बर ७ का अध्यक्ष्य असल तामाङ, पूर्व स्रोतव्यक्ती कृष्ण कुमार केसी, नेपाल पत्रकार महासंघ रामेछापका उपाध्यक्ष्य कैलाश खत्री लगाएतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काले सहकारी क्षेत्र राज्यको अर्थतन्त्रको तीन खम्बे निती  मध्य एक भएको चर्चा गर्दै स्थानीय नागरिकको आर्थिक समृद्धिको लागी  सहकारी मार्फत काम गर्न सुझाव दिए । वर्तमान सरकार पूर्वाधार निर्माण,कृषि क्षेत्र पर्यटन क्षेत्रको यथोचित विकास गरी समृद्ध नेपाल सुखी नेपाली बनाउने महाअभियानमा लागेको बताउदै स्थानीय जनप्रतिनिधिलाई  आफ्नो क्षेत्रको विकास निर्माणमा प्रतिवद्ध भएर लाग्न निर्देशन दिए । २०६८ सालमा सञ्चालन भएको सो सहकारीको कुल पुँजी ३ करोड ९६ लाख ४२ हजार ५ सय २४ रुपयाँ  रहेको छ भने जम्मा शेयर सदस्य संख्या १ हजार ५ सय १६ रहेका छन् । भिरपानी गाउँसहित मजुवा,माकादुम,पकरबास लाई कार्यक्षेत्र बनाएको सहकारीले आगामी दिनमा स्थानीयहरुको आम्दानी बढाउने हिसाबले काम गर्ने बताएको छ ।

 

प्रतिकृया दिनुहोस