वान हर्ट वल्र्ड वाइटले रामेछापको आमा तथा नवजात शिशु स्वास्थ्य क्षेत्रमा ६ बर्ष काम गर्ने


रामेछाप । मंसिर ६ गते,
वान हर्ट वल्र्ड वाइट नामक संस्थाले रामेछाप जिल्लाको मातृशिसु स्वास्थ्य सुधारको लागि काम गर्ने भएको छ । संस्थाले विहिबार सदरमुकाम रामेछापका एक कार्यक्रमको आयोजना गरी रामेछाप जिल्लाभर आमा तथा नवजात शिशुको स्वास्थ्य सुधारमा काम गर्ने जानकारी दिएको हो ।
जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काको अध्यक्षता र जिल्ला समन्वय समितिकी उपप्रमुख दीपा पाख्रीन , प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शार्मा र जिल्ला समन्वय अधिकारी राजेन्द्र केसीको उपस्थितिमा भएको कार्यक्रममा संस्थाका रामेछाप जिल्ला संयोजक हर्षराज दाहालले कार्यक्रम बारे जानकारी दिएका थिए ।
जिल्ला संयोजक दाहालका अनुसार रामेछाप जिल्लाभरका आमा तथा नवजात शिशुहरुको जीवन वचाउने उद्देश्य जिल्ला भर कार्यक्रम संचालन हुनेछ । उनले ६ बर्षसम्म यो कार्यक्रम संचालन रहने र यस वर्ष भने जिल्लाको मन्थली नगरपालिका, उमाकुण्ड, दोरम्बा र लिखुतामाकोशी गाउँपालिकाबाट कार्यक्रम संचालन हुने जानकारी दिए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख प्रम बहादुर खड्का , प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा र जिल्ला समन्वय अधिकारी राजेन्द्र केसी लगाएतले स्थानीय सरकार सहित सरोकारवाला निकायसंग समन्वय गरेर कार्यक्रम संचालन गर्न आग्रह गरे ।
गाउँगाउँमा संचालन भएका कार्यक्रम प्रभावकारी बनाउन प्रभावकारी अनुगमन गर्नुपर्ने उनीहरुको भनाई छ । कार्यक्रममा बोल्दै वान हर्ट वल्र्ड वाइटका निर्देशक सूर्य भट्टले आफूहरुले संचालन गर्न लागेको कार्यक्रमले नेपाल सरकारको नीति र  कार्यक्रमलाई सहयोग गर्ने बताए ।  उनले मातृशिसु स्वास्थ्यको लागि आपूmहरुले बनाएको योजना भन्दा बाहिरका कार्यक्रम सञ्चालन गर्नु पर्ने अवस्था आए पनि परियोजनाले त्यसो गर्न सक्ने बताए । कार्यक्रमलाई अझ  प्रभावकारी बनाउनका लागि सशक्त अनुगमन गराइने पनि उनले बताए । ६ बर्षसम्म संचालन हुने यो कार्यमक्रमको ४ वर्षको बजेट ७ करोड १४ लाख २५ हजार १ सय ९९  रुपैयाँ रहेको पनि उनले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस