समृद्धिको कुरालाई खिसि नगर्न प्रदेश ३ का आर्थिक मामिला मन्त्री ढुँगेलको चेतवानी


रामेछाप । मंसिर ८ गते
प्रदेश नं ३ का आर्थिक मामिला एवं योजना मन्त्री कैलाश ढुँगेलले सरकारले ल्याएको समृद्धिको नारालाई खिसि नगर्न चेतावनी दिएका छन् । गैरसरकारी संस्था महासंघ नेपाल रामेछापका नवौँ वार्षिक साधारण सभा तथा छैठौँ अधिवेसनको शनिबार मन्थलीमा उद्घाटन गर्दै ढुँगेलले सो चेतावनी दिएका हुन् । कार्यक्रममा बोल्दै ढुँगेलले कार्यकर्ताहरुलाई सरकारले गल्ति गरेको भए औल्याइदिन र राम्रा कामलाई बोकेर हिँड्न आग्रह गरे । सरकारले गरको राम्रो कामलाई कार्यकर्ताले बोकेर हिँड्न नसकेको उनले गुनासो गरे । सराकारको विरुद्ध भई रहेको गलत प्रचारको प्रतिवाद नगर्ने कार्यकर्ता पार्टिको झण्डा बोकेर हिँड्नुको कुनै अर्थ नभएको उनले बताए । गित मात्र राम्रो भएर नहुने भन्दै त्यसमा संगित पनि राम्रो हुनु पर्ने उनले बताए। सरकारले समृद्धिको गित गाउँदा कार्यकर्ताले त्यसमा संगितभर्न  नसकेको उनको आरोप थियो ।
ढुँगेलले नेपालको लोकतान्त्रिक र  सामाजिम आन्दोलनमा गैससले महत्पूर्ण भूमिका निर्वाह गरेको बताउँदै ढुँगेलले अब गैससका अभियान पनि उत्पादनसँग जोडिन पर्ने बताए । अर्काे प्रशंगमा ढुँगेलले स्थायी हुनु पर्ने भन्दै शिक्षकहरुले गरेको आन्दोलनको कुनै अर्थ नरहेको बताए । उनले सरकारले उनीहरुको माग पनि नसुन्ने प्रष्ट पारे । आयोगको परिक्षामा कहिलै पास नहुने, अनि जागरि स्थायी गराईदिनु पर्यो भन्दै आन्दोल गर्ने कार्यले शिक्षाको गुणस्तर अझ विगार्ने उनले बताए । यसै बिच शनिबार नै ढुँगेलले रामेछाप र दोलखका जिल्ला हेर्ने गरि रामेछापको सदरमुकाम मन्थलीमा स्थापना भएको कृषि ज्ञान केन्द्रको पनि उद्घाटन गरे । कार्यालयको उद्घाटन गर्दै ढुँगेलले कृषिमा अब व्यवसायीकरण हुनु पर्ने बताए । उनले फलफुल, तरकारी र मसला बालिमा जोड दिन कृषि ज्ञानकेन्द्रलाई आग्रह गरे । व्यवसायिक कृषिका योजनालाई प्रदेश सरकारले जति पनि रकम  खर्च गर्न सक्ने उनले बताए ।

 

प्रतिकृया दिनुहोस