भूकम्पले न्युजिल्यान्डका दक्षिण र उत्तरी टापु नजिकिँदै !

एजेन्सी । २०१६ को भूकम्प पछिका लगातार झट्काका कारण न्युजिल्यान्डका दक्षिण र उत्तर तर्फका टापुहरु नजिकिँदै गएको भूगोलविद्हरुले जानकारी दिएका हुन्् । ७.८ रेक्टर स्केलको भूकम्पपछिका पराकम्पनहरुले ६.५ फिटको समुद्री किनार उचाली दक्षिणतर्फको टापुसँग ठोकाएपछि अहिले त्यसले चट्टानमुनिका जवजन्तु बाहिर ल्याएको सीएनएनले जनाएको छ । 

 

भूकम्प गएको दुई वर्षमा टापुहरु एकअर्काको नजिक सर्दै गएपछि दुरी घट्दै जाँदा तिनीहरुबीचको पानी पनि कम हुँदै गएको बताइएको हो । यसरी दक्षिणी टापुको केप क्याम्पबेल अहिले राजधानी वेलिङटनको १४ इन्च नजिक आएको छ भने वेलिङटन पनि उत्तरपूर्वीतर्फ दुई इन्च पर पुगिसकेको बताइएको छ । 

 

काइकोउरा भने ६ इन्च पूर्वीतर्फ सरेको छ । भूगोल अनुसन्धान संगठन जीएनएसका अनुसार भूकम्पले दक्षिण टापुको भौगोलिक स्वरुप परिवर्तन गर्नुृका साथै २५ ‘फल्ट रप्चर्स’ अर्थात टुक्राहरु उत्पन्न गराएको हो । 

 

जसले नयाँ रेकर्ड बनाएको बताइन्छ । यसकारण पनि यो भूकम्पलाई विश्वकै सबैभन्दा जटिल ठहर गरिएको छ । 

 

किनकी हाल देखा परिरहेका बदलावहरुमा कुन फल्ट सबैभन्दा बढी जिम्मेवार रहेको भन्ने निर्धारण गर्न कठिन भइरहेको वैज्ञानिकहरुको भनाइ छ । त्यसैगरीे यसले भविष्यमा गम्भीर परिणाम निम्त्याउन सक्नेमा भने उनीहरुले चिन्ता पनि व्यक्त गरेका छन् । उक्त भूकम्पमा दुई जनाको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए । 

प्रतिकृया दिनुहोस