प्रवास नीतिमा ट्रम्प नरम

वासिङ्टन । प्रवासीहरुलाई शरण दिने विषय अमेरिकाको मुख्य मुद्दामध्ये एउटा हो । यस विषयमा अमेरिका आसपासका मुलुक तथा अन्य व्यक्तिबीच बाक्लै चर्चापरिचर्चा र प्रतिक्रिया उत्पन्न हुने गर्छ । यस्तो प्रतिक्रिया कहिले प्रवासीको समर्थनमा त कहिले विरोधमा हुन्छ । 
प्रवासीलाई शरण दिने–नदिने खेलमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन्, ‘दक्षिणी सीमाबाट अमेरिकामा शरण माग्ने प्रवासीहरुले कानुनी प्रक्रिया पूरा नहुञ्जेलसम्म मेक्सिकोमा प्रतीक्षा गर्नुपर्छ ।’ 
शनिबार राष्ट्रपति ट्रम्पले यस विषयमा ट्विट गरेको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । त्यसमा उनले भनेका छन्, ‘प्रवासीहरुले अमेरिका प्रवेशको स्वीकृतिका लागि दक्षिणी सीमामा तबसम्म प्रतीक्षा गर्नुपर्ने हुन्छ, जबसम्म अदालतमा उनीहरुको कानुनी प्रक्रिया पूरा हुँदैन ।’ ट्विटमा उनले कानुनी प्रक्रिया पूरा नहुञ्जेलसम्म सबैले मेक्सिकोमै बसेर प्रतीक्षा गर्नुपर्ने उल्लेख गरेका छन् । 
मेक्सिको सरकारले पनि राष्ट्रपति ट्रम्पको प्रवास नीतिलाई समर्थन गरेको छ । राष्ट्रपति ट्रम्पले त्यतिखेर ट्विट गरे, जतिखेर वासिङ्टन पोस्टमा मेक्सिको सरकारले अमेरिकाको प्रवास नीतिलाई स्वीकार गरेको समाचार आइसकेको थियो ।  

प्रतिकृया दिनुहोस